‘परमप्रभु…सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ ।’ —हितोपदेश १२:२२
के तपाईं यस्तो अवस्थामा हुनुहुन्छ जहाँ झूट बोल्नु मात्र व्यावहारिक समाधान हो जस्तो देखिन्छ ? यदि तपाईं परमेश्वर र आफ्नो बिचमा समस्या सृजना गर्न चाहनुहुन्न भने, त्यसो नगर्नुहोस् ¤ ‘परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ ।’ जब तपाईं झूट बोल्नुहुन्छ, तपाईंले परमेश्वरलाई, अरूलाई र आफैलाई चोट पु¥याउनु हुन्छ । ‘विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्’ (हितोपदेश ११:३) । झूट बोल्दा त्यसले सधैं नकारात्मक नतिजा ल्याउने कारणहरु यस प्रकार छन्ः (१) परमेश्वरले सुन्नुहुन्छ । जब तपाईं प्रार्थना गर्ने निर्णय गर्नुहुन्छ, तपाईंले परमेश्वरसँग छलफल गर्न चाहनुहुने अन्तिम कुरा नै उहाँले तपाईंसँग छलफल गर्न चाहनुहुने पहिलो कुरा हो । अर्थात्, तपाईंको बेइमानी ¤ (२) यसले परमेश्वरको सामु तपाईंको भरोसा मेटाइदिन्छ । बाइबलले भन्दछ, ‘हाम्रो ह्दयले हामीलाई दोष दिदैंन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ । अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं’ (१ यूहन्ना ३:२१–२२) । (३) तपाईं उदंगिने जोखिममा हुनुहुन्छ । याद गर्नुहोस्, ‘सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ’ (हितोपदेश १२:१९) । जब मानिसहरूले तपाईंले झूट बोलेको पत्ता लगाउँछन्, तिनीहरूले तपाईंप्रति आदर गुमाउँछन्, तिनीहरूको विश्वास स्वाट्टै घटेर जान्छ, अनि तपाईंले वर्षौं लगाएर निर्माण गर्नुभएको प्रतिष्ठा तपाईंले फेरि प्राप्त गर्न सक्नेगरी गुम्न सक्छ । पावलले यस्तो लेखेका छन्ः ‘येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका हुनाले…छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग । घर आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वररको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर । यसकारण झूट त्यागेर हरेकले आ–आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक–अर्काका अंगहरू हौं’ (एफिसी ४:२१–२५) ।यसकारण, परमेश्वरको महिमा र हाम्रो आफ्नै हितको लागि समेत आपसमा सत्य कुरा बोल्नु पर्छ ।
आत्मिक भोजनः व्यवस्था ३–४ मर्कूस ६:७–१३ भजन २ हितोपदेश ११:२२–२३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



