सधैं खुल्ला विचार राख्नुहोस् (२)

Aug 30, 2024

यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे ।’ —प्रेरित १७:११

यहाँ दुइटा शहरको कथा छः (१) थेसलोनिकाले सत्यतालाई इन्कार ग¥यो । ‘पावल आफ्नोआदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे । “यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए…तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्चाउन लाए’ (पद २–३, ५) (२) बेरियाले सत्यतालाई ग्रहण ग¥यो । ‘पावल तिनी यहूदीहरूको सभाघरभित्र गए । यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे । यसकारण यिनीहरूमध्ये धेरैले, साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्वास गरे’ (पद १०–१२) । यो दुई वटा शहरको कथा मात्र होइन दुई मानसिकताको कथा हो । खुला मानसिकता र बन्द मानसिकता । बन्द मानसिकताले भन्छ, ‘मलाई विश्वास छ कि यस विषयमा जान्नुपर्ने सबै थोक मैले जानेको छु,’ अनि खुल्ला मानसिकताले भन्छ, ‘मलाई जे थाहा छ त्यसको लागि म धन्यवादी छु, तर मलाई विश्वास छ कि त्यहाँ जान्नुपर्ने अझै धेरै कुरा छन् ।’ तर सावधानी को एक शब्द ¤ कुनै वक्ताले केही भन्नुको अर्थ तपाईंले बिनाप्रश्न त्यो कुरा स्वीकार गर्नुपर्छ भन्ने होइन । परमेश्वरको आदर गर्न खोज्ने अगुवाले तिनीहरूले भनेको कुरामा तपाईंले प्रश्न गर्दा रिसाउँदैनन् । बेरियनहरूले ‘पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे ।’ तिनीहरूले कसका शिक्षाहरू जाँचिरहेका थिए ? नयाँ करारका आधा जति पुस्तकका लेखक पावलको ¤ त्यसकारण तपाईंको लागि आजको वचन छ—सधैं खुल्ला विचार राख्नुहोस् ।

आत्मिक भोजनः २ इतिहास ३५–३६ २ यूहन्ना लूका १८:१८–३० भजन ११९:१६१–१६८ हितोपदेश २२:१७–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...