सधैं खुल्ला विचार राख्नुहोस् (१)

Aug 29, 2024

मैले अवलोकन गरेका कुराहरूलाई ह्दयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें ।’ —हितोपदेश २४:३२

राजा सोलोमनलाई अहिलेसम्म बाँचेका सबैभन्दा बुद्धिमान मानिसहरू मध्ये एक मानिन्छ । उनले बाइबलका तीन वटा पुस्तक लेखे र उनलाई नियमित रूपमा उद्धृरण गरिन्छ । अनि उनी आजीवन सिकाउने र सत्यताको खोजी गर्ने व्यक्ति थिए । ‘मैले अवलोकन गरेका कुराहरूलाई ह्दयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें ।’ ‘मैले ह्दयमा विचार गरें’ भन्ने शब्दहरूलाई ध्यान दिनुहोस् । त्यो जीवनमा तपाईंको स्थिर दृष्टिकोण हुनुपर्छ । तपाईंका लागि परमेश्वरको योजना तपाईंले आफ्नो अन्तिम सास नफेरेसम्म सिक्ने, परिवर्तन हुने, वृद्धि हुदैजाने र परिपक्व बन्दैजाने नै हो । अनि यसको अर्थ सधैं खुला मनको हुनु हो । फरिसीहरूलाई विचार गर्नुहोस् । तिनीहरू आफ्नो विश्वास प्रणालीमा १०० प्रतिशत प्रतिबद्ध थिए । तिनीहरू समाजका उत्कृष्ठ शिक्षित मानिसहरू पनि थिए । तापनि तिनीहरूले येशू र उहाँले हरेक मोडमा बताउनुभएको सत्यताको प्रतिरोध गरे । किन ? तीन वटा धेरै सामान्य कारणहरूका लागिः (१) घमण्डः ‘यदि येशूले भन्नुभएको कुरा सही छ भने, यसले हामीलाई गलत बनाउँछ ।’ (२) सुरक्षाः ‘उहाँले सिकाउनुभएको कुरालाई हामीले स्वीकार गर्यौं भने हाम्रो प्रतिष्ठा र आम्दानी के हुनेछ ?’ (३) परम्पराः ‘हामीले पुस्तौंदेखि यसरी नै यस्तो विश्वास र काम गर्दै आएका छौं ।’ के तपाईं देख्न सक्नुहुन्छ यस्तो सोचसाथ हामी कता जाँदैछौं ? र यो कुरा तपाईंको जीवनमा कसरी लागु हुन सक्छ, के तपाईं देख्न सक्नुहुन्छ ? एक जना पास्टरले भनेका छन्, ‘जबसम्म तपाईं मुक्ति पाएको, पवित्र तुल्याइएको र फसेको हुनुहुन्न तबसम्म मुक्ति पाएको र पवित्र तुल्याइएको हुनु राम्रो हो ¤’ आत्मिक विकासका लागि दुई वटा कुरा चाहिन्छन्ः सत्यताको लागि भोक, अनि तपाईंले अझै धेरै सिक्न बाँकी छ भनी स्वीकार गर्ने नम्रता । ती दुई यस्ता गुण हुन् जसलाई परमेश्वरले सधैं कदर गर्नुहुन्छः ‘उहाँले नम्रहरूलाई साँचो मार्गमा डो¥याउनुहुन्छ, र तिनीहरूलाई आफ्नोमार्ग सिकाउनुहुन्छ’ (भजन २५:९) । त्यसकारण परमेश्वरका कुरा ग्रहण गर्न विनम्र बन्नु र खुल्ला विचार राख्नुपर्छ ।

आत्मिक भोजनः २ इतिहास ३२–३४ लूका १८:१–१७ भजन ११९:१४५–१६० हितोपदेश २२:१४–१६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...