सबैलाई दया देखाउनुहोस् (१)

Nov 10, 2024

‘तर तिमीले भोज लगाउँदा, गरीब, अपाङ्कता भएका व्यक्तिहरू र दृष्टिविहीनहरूलाई बोलाऊ ।’ —लूका १४:१३

सबैलाई दया देखाउनुहोस् (१)लूकाले लेखेका छन्, ‘एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो । फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए’ (पद १) । त्यो दिन उहाँले तिनीहरूको सबैभन्दा बहुमूल्य धार्मिक परम्पराहरूमध्ये एकलाई यसो भनी चकित तुल्याउँदै परिवर्तन गरिदिनुभयो, ‘तर तिमीले भोज लगाउँदा, गरीब, अपाङ्कता भएका, र दृष्टिविहीनहरूलाई बोलाऊ, र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन् । तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ’ (पद १३–१४) । कुनै पनि खोट लागेको कुरालाई फरिसीहरूले परमेश्वरको सिद्ध पवित्रता प्रतिबिम्बित गर्न अनुपयुक्त ठान्दथे । फलस्वरूप, उनीहरूले मन्दिरको सिमानाभित्र कुनै पनि खोट लागेका कुरा प्रवेश गर्न दिँदैनथे । यसबाहेक, परमेश्वरको मन्दिर रोमी शासकहरूद्वारा अनादर गरिएको थियो, त्यसकारण उनीहरूले आफ्ना घरहरूलाई सानो मन्दिरको रूपमा व्यवहार गरेर परमेश्वरको आदर गर्न सक्थे भन्ने उनीहरूले विश्वास गर्थे । येशूले उनीहरूमाझ परिचित यी फरिसीलाई जानाजानी आफ्नो पवित्र सानो मन्दिरमा खोट लागेका वा अपाङ्कता भएका मानिसहरूलाई निम्तो दिन आदेश दिनु भनेको चाहिँ अनुहारमै जानाजानी झापड हानेझैं अपमानजनक कुरा थियो । येशूले उनलाई आफ्नो अतिथिको सूचीमा ती व्यक्तिहरूलाई राख्न निर्देशन दिनुभएको थियो जसका खोटहरूले उनलाई ठेस लाग्थ्यो । येशूको करुणा सबै व्यक्तिहरूप्रति उहाँको प्रेम र कसैको अवमूल्यन हुँदा उहाँले महसुस गर्नुहुने पीडाबाट आएको हो । धर्मशास्त्रमा, हामीलाई कहिल्यै भनिएको छैन कि येशूले कसैको लागि दया गर्नुभयो किनभने तिनीहरू यसको योग्य थिए । तर तिनीहरू खाँचोमा थिए यसकारण उहाँले दया गर्नुभयो । येशूले भन्नुभएको कुरा बुभ्mनुहोस् । उहाँले प्रतिज्ञा गर्नुभयो कि तपाईं यस जीवनमा आशिष् पाउनुहुनेछ र अर्कोमा इनाम पाउनुहुनेछ जब तपाईंले ‘गुण फर्काउन नसक्नेहरूलाई’ दया र करुणा देखाउनुहुन्छ । कसैसँग तपाईंलाई मन नपर्ने विशेष समस्या छ भनी जब तपाईं उसलाई बेवास्ता गर्ने परीक्षामा हुनुहुन्छ, तब यो कुरा मनमा राख्नुहोस् ।

आत्मिक भोजनः अ्ययूब १ अ्ययूब २:७–१० अ्ययूब ४०:१–५ अ्ययूब ४२:७–१७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...