सबैलाई दया देखाउनुहोस् (२)

Nov 11, 2024

‘त्यस ठूलो भिडलाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो ।’ —मत्ती १४:१४

सबैलाई दया देखाउनुहोस् (२)येशू जहाँ गए पनि दया देखाउनुभयो । उहाँले सिकाउनुभयो कि हामीले हामीमध्ये ‘सबैभन्दा सानाहरू’ को ख्याल गर्नुपर्छ (मत्ती २५:४०) । नयाँ नियमको चर्चले जातिवाद र यस्ता अन्य धेरै विभेदकारी ‘वादहरू’ लाई हटाएर आफ्नो ‘ब्रान्ड’ वा पहिचानलाई जारी राख्यो । ‘अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ’ (गलाती ३:२८) । ख्रीष्टलाई पछ्याउनु भनेको सबैलाई दया देखाउनु हो, चाहे तपाईंले तिनीहरूलाई मन पराउनुहोस् वा मन नपराउनुहोस् । तपाईं जहाँ काम गर्नुहुन्छ र जहाँ बस्नुहुन्छ, त्यहाँ दया र करुणा अभ्यास गर्न तपाईंलाई बोलाइएको छ । जोन हेनरी डुनाले युद्धको मैदानमा सिपाहीहरू घाइते भएर क्रन्दन गरिरहेको आवाज सहन सकेनन्, त्यसैकारण स्विजरल्याण्डका यी परोपकारी व्यक्तिले येशूको नाममा उनीहरूलाई सहायता गर्न आफ्नो जीवन समर्पित गर्ने कुरा बताए । फलस्वरूप, उनले १८६० मा रेड क्रस सुरु गरे । प्रत्येक पटक तपाईंले यसलाई देख्दा, तपाईंले येशूको छाप देख्नुहुन्छ । जर्मनीमा थिओडोर फ्लाइडनर नामका लुथरन पास्टरले मुख्यतया किसान महिलाहरूको समूहलाई बिरामीहरूको स्याहारसुसार गर्न सिकाए । यसले युरोपभरि अस्पतालहरूको विकासतर्फ डो¥यायो अनि फ्लोरेन्स नाइटिंगेललाई बिरामीहरूको हेरचाह गर्न आफ्नो जीवन दिन प्रेरित ग¥यो । फादर डेमियन नामक बेल्जियमका एक जना पादरीले उन्नाइसौं शताब्दीमा अमेरिकाको हवाई राज्यमा गएर कुष्ठरोगीहरूलाई माया प्रेम र हेरचाह गर्न सकिने ठाउँ स्थापना गरे । हरेक हप्ता उनले तिनीहरूलाई भन्नेगर्थे, ‘परमेश्वरले तपाईं कुष्ठरोगीहरूलाई प्रेम गर्नुहुन्छ ।’ अनि त्यसपछि, एक हप्ता उनले यसो भने, ‘परमेश्वरले हामीलाई कुष्ठरोगीहरूलाई प्रेम गर्नुहुन्छ ।’ पछिबाट त्यही कुष्ठरोगको कारण उनको मृत्यु भयो । जो यसको योग्य छैनन् तिनीहरूलगायत जरुरी नभए पनि कसैप्रति देखाइएको प्रत्येक दयाको कार्यको बारेमा येशूले भन्नुभयो, , ‘तिमीहरूले मलाई नै ग¥यौ’ (मत्ती २५:४०) ।यसकारण सबैलाई दया देखाउनु आप्mनै निम्ति पनि असल छ ।

आत्मिक भोजनः यशैया ६३–६६ यूहन्ना ९:१३–२३ भजन ११५ हितोपदेश २९:७–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...