सबै थोक भूलेर परमेश्वरको आराधना गर्नुहोस् (२)

Oct 14, 2024

‘परमप्रभुको सामुन्ने म उत्सव मनाउनेछु ।’ —२ शमूएल ६:२१

साँचो आराधनाको लागि कम आत्म–सचेत र आत्म–केन्द्रित अनि बढी परमेश्वर–सचेत र परमेश्वर–केन्द्रित हुनु आवश्यक छ । उनलाई परमप्रभुको सामु नाचिरहेको देखेपछि, दाऊदकी पत्नीले उनको आलोचना गरिन्ः ‘इस्राएलका राजाको निम्ति आज कस्तो गौरवको दिन ¤ तिनले आफ्नादासीहरूका दृष्टिमा नांङ्कै बनेर आफैलाई ढँटुवारेजस्तै बनाए’ (पद २०) । जसको जवाफमा दाऊदले यसो भने, ‘मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो । परमप्रभुको सामुन्ने म उत्सव मनाउनेछु । म आफ्नो दृष्टिमा अझै बढी अपमानित बन्नेछु’ (पद २१–२२) । यहाँ दाऊदले हामीलाई शुद्ध आराधनाको चित्र उपलब्ध गराएका छन् । आराधना भनेको लुगा फुकाल्नु जस्तै हो । यो चाहिँ ख्रीष्टसँगको हाम्रो सम्बन्धभन्दा बाहिर हामीले आफ्नो पहिचान र सुरक्षा पाउन सक्ने कुराहरूलाई हटाउनु हो । हाम्रो आÇनै धार्मिकता परमेश्वरको नजरमा फोहोर थाङ्ना जस्तै हो भन्ने यो कुरा यसले सम्झना गराउँछ । आराधना भनेको हामीले परमेश्वरको लागि के गर्न सक्छौं भन्ने होइन तर परमेश्वरले हाम्रो लागि के गर्नुभयो भन्ने बारेमा हो । उहाँले हामीलाई प्रेम गर्नुभएको छ, हामीलाई बचाउनु भएको छ, र ख्रीष्टको धार्मिकताको पोशाक पहिराउनुभएको छ । यही सत्यताले नै भजनकार चाल्र्स वेस्लीलाई यस्तो लेख्न प्रेरित ग¥यो, ‘मेरा महान् उद्धारकर्ताको प्रशंसा गाउन हजारौं जिब्रो भएको भए ।’ हामीले परमेश्वरलाई विभिन्न नौ वटा तरिकाले प्रशंसा गर्न सक्छौ भनी बाइबलले बताउँछः बोल्ने, कराउने, गाउने, ताली बजाउने, वाद्य बजाउने, प्रभुको अगाडि हात उचाल्ने, घुँडा टेक्ने, उहाँको सामु दण्डवत गर्ने, र उहाँको सामु नाच्ने । दाऊदले भने, ‘हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ’ (भजन ३४:१ ) । र उनले हामीलाई त्यसको कारण पनि बताएका छन् । ‘मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो’ (पद ४) ।त्यसकारण, तपाईंको लागि आजको वचन छः सबै थोक भूलेर परमेश्वरको आराधना गर्नुहोस् ।

आत्मिक भोजनः प्रस्थान २२–२४ यूहन्ना ३:१–२१ भजन ८९:१–१४ हितोपदेश २६:१७–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...