‘दाऊद सूती कपडाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे ।’ —२ शमूएल ६:१४
२ शमूएल ६ अध्यायमा, दाऊद भर्खरै इस्राएलका राजा बनाइएका थिए । उनले पलिश्तीहरूलाई परास्त गरेका थिए र सियोनलाई फेरि कब्जा गरेका थिए । अब उनले आफ्नाजनहरूका बिचमा परमेश्वरको उपस्थितिको उच्तम प्रतीक अर्थात् करारको सन्दुकलाई यरूशलेममा फिर्ता ल्याउँदै थिए । वर्षौंसम्म त्यो सन्दुक नदेखेको कारण, यसलाई देख्दा दाऊद आनन्दले भावविव्हल भए जसको कारण उनले आफ्नो राजकीय पोशाक फुकालेर सन्दुकको अगाडि सबै थोक भूलेर नाच्न थाले । तथापि, जब तपाईं परमेश्वरको बारेमा उत्साहित हुनुहुन्छ, सबैजना तपाईंसँगै उत्साहित हुनेछन् वा तपाईंको उत्साहलाई बुझ्नेछन् भन्ने आशा नगर्नुहोस् । दाऊदकी पत्नी मिकल पनि त्यस्तै व्यक्ति थिइन् । बाइबलले हामीलाई तिनको बारेमा दुई वटा कुरा बताउँछ । (१) ‘जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्’ (पद १६) । (२) ‘शाऊलकी छोरी मीकलको मर्ने दिनसम्मै छोराछोरी भएनन्’ (पद २३) । झट्ट हेर्दा, आराधना गर्नु मूर्खतापूर्ण देखिन्छ, होइन त ? नदेखेको कसैको लागि गाउनु। छुन नसकिने कसैको लागि हात उचाल्नु । वा, दाऊदको सन्दर्भमा, राजाको इज्जत र मर्यादाअनुसार काम गर्न चुक्नु । एउटा पुरानो उखानले भन्दछ, ‘संगीत नसुन्नेले नर्तकलाई पागल ठान्दछ ।’ यो कथामा त्यही भइरहेको छ । दाऊदले संगीत सुन्छन् अनि सबै थोक भूलेर परमेश्वरको आराधना गर्छन् । मिकलले त्यसो गर्दिनन् र आफूले सबैभन्दा बढी चाहेको कुरा गुमाउँछिन् । यहाँ मुख्य कुरा नभुल्नुहोस् । जब तपाईं आलोचकहरू र नाकार्नेहरूलाई बेवास्ता गर्नुहुन्छ र आफ्नो सम्पूर्ण ह्दयले परमेश्वरको आराधना गर्ने निर्णय गर्नुहुन्छ, तपाईं आत्मिक रूपमा फस्टाउन थाल्नुहुन्छ । तर त्यसो गर्नुभए भने, तपाईं आत्मिक रूपमा बाँझो बन्नुहुनेछ ।यसकारण, परमेश्वरको आराधना गर्न कुनै पनि कुराले हामीलाई रोक्न नपाओस् ।
आत्मिक भोजनः हिब्रू ११:२२ उत्पत्ति ४१:१–३९ उत्पत्ति ४५:१–११ उत्पत्ति ५०:१५–२६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



