समस्याग्रस्त संसारमा असल छोराछोरीहरू हुर्काउनु (२)

May 12, 2024

‘छोराछोरीहरू परमप्रभुका इनाम हुन् ।’ —भजन १२७:३

अबका केही दिनसम्म हामी केही व्यावहारिक क्षेत्रहरू हेरौं जहाँ हामी आमाबाबुका रूपमा प्रायः अलमलमा हुन्छौं । (१) आलोचना होइन मार्गदर्शन । यदि तपाईंका छोराछोरी विद्यालय, गृहकार्य, र घरको काममा रमाउने शान्त, मिलनसार र आज्ञाकारी छन् भने, ‘तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउनु’ (एफिसी ६:४) रमाइलो हुनेछ ¤ तथापि, हामीमध्ये अधिकांशाई उनीहरूका आफ्नै माग अनि दृढ स्वभाव र बलियो इच्छा भएका सन्तानहरू दिइन्छन् । यी बालबालिकालाई उनीहरूले के चाहन्छन्, अनि त्यो कुरा कहिले र कसरी प्राप्त गर्ने भन्ने थाहा हुन्छ । उनीहरूलाई के खान, पहिरन, सुन्न, भन्न र गर्न मन पर्दैन भन्ने पनि थाहा छ ¤ अनि यस्ता बालबालिकाका आमाबाबुलाई विश्वास सृजना गर्ने र तानातानको वातावरणमा पारस्परिक छलफल र आदरको लागि स्थान उपलब्ध गराउने प्रकारको सम्बन्ध निर्माण गर्न मदत चाहिन्छ । यस्तो अवस्थामा मार्गदर्शन दिनु सजिलै आलोचना बन्न सक्छ जहाँ यसो भन्दै निरन्तर बच्चाको गल्तीमा जोड दिइन्छः ‘तिमी त्यसमा हाँस उठ्दो देखिन्छौ…तिमी कहिले पनि समयमा पुग्दैनौ…तिमी किन उजस्तो हुन सक्दैनौ…।’ यो भन्दा निकै उत्तम तरिकाचाहिँ बालबालिकालई समाधान देखाइदिनु हो । नकारात्मक रूपमा दिइएको उचित मार्गदर्शनले पनि आत्म–सम्मानलाई हानि पु¥याउँछ, असन्तुष्टि पैदा गर्छ अनि आपसी आदर निर्माण गर्ने सम्भावनालाई नष्ट गरिदिन्छ । तिनीहरूले तपाईंले यसो भनेको सुन्नु आवश्यक छ, ‘म आलोचना गर्न तिम्रोपछि लागेको छैनँ– म तिम्रो साथमा छु ¤’ जब सामान्य द्वन्द्व उत्पन्न हुन्छ – अनि यस्तो हुने नै छ – तब आक्रामक वा निराश हुने परीक्षा आउँछ । जब तपाईं बालबालिकासँग चिच्याउनुहुन्छ, उनीहरूको अनादर वा अपमान गर्नुहुन्छ, तपाईंले मार्गदर्शन र तालिम दिने आफ्नो अभिभावकीय लक्ष्यलाई गुमाउनुहुन्छ । यसले उनीहरूलाई क्रोधित, शक्तिहीन्, आफै र तपाईंप्रति अनिश्चित महसुस गराउँछ, जुनचाहिँ विद्रोहलाई निम्तो दिनुजस्तै हो । तर यदि तपाईंले आफ्ना बालबालिकालाई व्यावहारिक मदतकासाथ उनीहरूको टोलीमा रहेको व्यक्तिको रूपमा मार्गदर्शन दिनुभयो भने सहकार्य, भरोसा र पारस्परिक आदरलाई प्रोत्साहन गर्ने सम्बन्धहरू निर्माण हुनेछन् ।यसकारण बालबालिकालाई नकारात्मक टिप्पणीको सट्टा व्यावहारिक मार्गदर्शन उपलब्ध गराउनुपर्छ ।

आत्मिक भोजनः गलाती ५:२२ लूका १९:११–२६ भजन ३६:५–९ हिब्रू १०:१९–२३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...