‘नत्रता तिनीहरू निराश हुनेछन् ।’ —कलस्सी ३:२१
तीक्तता भरिएका बालबालिकाहरू अन्ततः निरुत्साहित हुन्छन् । निरुत्साहित बालक कम आशावादी, कम उत्साही, दृढ संकल्पको अभाव भएको, र सजिलै बहकिने हुन्छ । तपाईंको बालबालिकाको आशालाई नष्ट गरेर तपाईंले उनीहरूको ईश्वर–प्रदत्त स्वभावलाई कमजोर बनाउँदै हुनुहुन्छ । बालबालिका आशा, प्रेरणा, अपेक्षा र सम्भावनाहरू लिएर जन्मेका हुन्छन् । आशाबिना, उनीहरूलाई प्रेरित गर्न केही पनि हुँदैन । निराशाले अवसाद र ह्दय र आत्माको अन्धकार ल्याउँछ । जब तपाईंले आफ्ना छोराछोरीहरूलाई तीतो बनाउनुहुन्छ, तपाईंले उनीहरूको आशालाई कमजोर बनाउनुहुन्छ । जब तपाईंले उनीहरूको आत्मबल कमजोर तुल्याउनुहुन्छ, तपाईंले उनीहरूको आत्मविश्वासलाई नष्ट गर्नुहुन्छ, उनीहरूलाई भयभित, असुरक्षित र जीवनको सामना गर्न असमर्थ बनाउनुहुन्छ । स्वस्थ आत्म–छबिको लागि, अरूसँग सम्बन्धको लागि, उनीहरूको शिक्षा र पेशावृत्तिमा सफल बन्नको लागि आत्मविश्वास आवश्यक छ, । निराश बालकले निश्चतता गुमाउँछ अनि आत्मामा टुट्छ । आत्मा कुनै पनि व्यक्तिको केन्द्र हो । टुटेको आत्माले टुटेको व्यक्ति जन्माउँछ । ‘पेलिएको आत्माले हट्ठीहरू सुकाउँछ’ (हितोपदेश १७:२२) अनि बालकको भित्री मनुष्यत्वलाई कमजोर तुल्याउँछ । हाम्रा सडकहरू टुटेका बालबालिकाहरूले भरिएका छन् । टुटेको आत्मा भएका बालबालिकाहरूमा जीवनमा सफलता प्राप्त गर्न, लक्ष्यहरू निर्धारण गर्न र पूरा गर्ने संकल्पको अभाव हुन्छ । ‘जहाँ दर्शन–प्रकाश छैन, त्यहाँ मानिसहरू भाँडिन्छन्’ (हितोपदेश २९:१८) । तपाईंको दर्शनले तपाईंलाई बाधाहरूको बावजुद कुनै काम पूरा गर्नको लागि भित्री शक्ति दिन्छ । नटुटेका र लचिला बालबालिकाहरू जीवनका बाधाहरू पार गर्न सक्षम हुन्छन् । तपाईंले तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ ? ‘(तिनीहरूको आत्मा तोड्नुको सट्टा), तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउनुहोस्’ (एफिसी ६:४) । तपाईंले तिनीहरूको कदर गर्नुपर्छ, तिनीहरूले चासो देखाउँदैनन् भने पनि तिनीहरूलाई परमेश्वरको वचन सिकाउनुपर्छ, तपाईंले जे प्रचार गर्नुहुन्छ त्यही कुरा अभ्यास गर्नुपर्छ, आफ्ना नियमहरूमा स्थिर हुनुपर्छ, तिनीहरूले तपाईंलाई परमेश्वरको वचन पढेको र नियमित रूपमा प्रार्थना गरेको देख्न दिनुपर्छ । यसकारण, असल बालबालिका हुर्कानका लागि तिनीहरूलाई सधैं प्रोत्साहन दिनुहोस् र तिनीहरूलाई कहिल्यै नत्याग्नुहोस् ¤
आत्मिक भोजनः व्यवस्था ३०:१–३२:२८ मर्कूस ८:२७–३८ भजन ५७ हितोपदेश १२:१५–१७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024