सम्बन्धमा समस्या ? समाधानको कदम चाल्नुहोस् ¤

Jan 22, 2024

‘प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ ।’ —लूका १२:४८

एक जना लेखकले यस्तो लेखेका छन्ः ‘छनोट र अवसरहरूको ठूलो शक्ति पत्ता लगाउन मेरो आधा जीवन लाग्यो । असल सम्बन्ध तपाईंको लागि परमेश्वरको वरदान हो, अनि तपाईंले तिनीहरूसँग के गर्नुहुन्छ त्योचाहिँ उहाँलाई तपाईंको प्रतिक्रिया हो । प्रायः हामी हाम्रो निष्क्रियता वा साहसको कमी, वा हाम्रो सम्बन्धप्रति बेवास्तालाई नियतिको पोशाक पहिराउँछौँ । हामी बहाना बनाउँछौँ र हाम्रा दोषी ह्दयहरूलाई बचाउन तर्क दिन्छौँ जसले परिस्थितिहरू परिवर्तन गर्न सक्दैन । त्यसपछि हामीले चाँडै कदम चालेको भए हाम्रो सम्बन्ध राम्रो हुन सक्थ्यो कि भन्ने कल्पनामा जिउँदै हामी पाप क्षमाको लागि सस्तो प्रयास जस्तै हाम्रो जिम्मेवारी पन्छाउँछौंँ । यसको सबैभन्दा नराम्रो पक्ष यो हो कि धेरै जनाले मूर्खतापूर्वक परमेश्वरलाई दोष लगाउँछन् र उनीहरूले सुधार गर्न सक्ने सम्बन्धहरूका लागि उहाँलाई जिम्मेवार ठहराउँछन् । परमेश्वरको अनुग्रहले हामीलाई अवसरहरू प्रदान गर्दछ, प्रत्येक सम्बन्ध खोलेर आनन्द गरिनुपर्ने उपहार हो । हामीले प्रत्येक बहुमूल्य क्षणलाई रोमाञ्चक अवसरको रूपमा सदुपयोग गर्नुपर्छ । यदि हामी प्रत्येक सम्बन्धको सम्भाव्यताको बारेमा सचेत छौँ भने, प्रत्येक भेटलाई उत्तम बनाउनको लागि हाम्रो ह्दयमा हुटहुटी चल्नेछ । तपाईंसँग तिनलाई विवाह नगर्ने वा त्यो टेलिफोन गर्ने वा क्षमा माग्ने वा आफ्नो ह्दयको चाहनालाई अँगाल्ने मौका थियो । छनोटहरू तपाईंकै हुन् । त्यसकारण तपाईंले हरेक दिन यसो भन्नुपर्छ, “म मेरो मौका लिनेछु, सक्रिय रूपमा छनोटहरू गर्नेछु, मेरा परिवर्तनहरू अनुभव गरेर जानेछु र मेरो निर्णयहरू लिनेछु ।” अनि आफ्नो जीवनको अन्त्यमा तपाईंले आफैलाई भन्नुहुनेछ, “यो मेरो जीवन र मेरो सम्बन्ध थियो अनि म दुवैको लागि जिम्मेवार छु ।”’ येशूले भन्नुभयो, ‘प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ ।’ के तपाईंको सम्बन्धमा समस्या छ ? त्यसो हो भने, संयोग वा असल भएको होस् भन्ने इच्छा मात्रै गर्न छोडेर सक्रिय बन्नुहोस् । समस्या समाधानको लागि तत्काल कदम चाल्नुहोस् ¤

आत्मिक भोजनः दानिएल ८–१० मत्ती ८:१–९ भजन ८९:१५–३७ हितोपदेश २:२१–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...