सही धर्मशिक्षाको महत्त्व

Sep 20, 2024

यस्तो समय आउँदैछ, जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन् ।’ -२ तिमोथी ४ :३

हीराको गहना लगाउन चाहने व्यक्तिहरूले कहिलेकहीँ क्युबिक जिक्रोना नामक नक्कली हीरा प्रयोग गर्छन् । तर अब, वैज्ञानिकहरूले प्रयोगशालामा वास्तविक हीरा बनाउन सक्छन् । अनि तिनीहरू यो काममा यति दक्ष छन् कि भूगर्भशास्त्रीहरूलाई प्रयोगशालाका हीराहरूलाई खानीबाट निकालिएका हीराबाट छुट्टयाउन कठिन हुन्छ । तिनीहरूलाई छुट्टयाउन, विशेषज्ञको चेकलिस्ट प्रयोग गरिन्छः वजन, रंग, स्पष्टता, र चमक । यो बिना, कुनै पनि ठगले दुई दिन पुरानो हीरालाई हजारौं वर्ष लागेर बनेको खानीको हीरा भन्ने बहाना गर्न सक्छ । आत्मिक सत्यताको कुरा पनि त्यस्तै हो । यदि ख्रीष्टियनरूलाई बाइबलको ज्ञान छैन भने, आत्मिक ठगहरूले सबै प्रकारका झूटलाई सत्यताका रूपमा अनुमोदन गर्न सक्छन् । कसैले येशूको नाममा आश्चर्यकर्म गर्नु पर्याप्त छैन । त्यो दिन धेरैले मलाई भन्नेछन्, “प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा…अनेक शक्तिशाली काम गरेनौं र ?” अनि म तिनीहरूलाई सफासँग भन्नेछु, “मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’ (मत्ती ७ :२२-२३) । बाइबलले बताउँछ कि शैतानले पनि आफैलाई ज्योतिको दूतको भेष धारण गर्न सक्छ । पावल चेताउनी दिन्छन्ः यस्तो समय आउँदैछ, जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, सत्य कुरा सुन्नदेखि तर्किजाने छन्, दन्त्यकथाहरूतिर बरालिने छन्’ (२ तिमोथी ४ :३-४) । बाइबलले सिद्धान्त’ वा धर्मशिक्षा भन्ने शब्द पचपन्न पटक प्रयोग गरेको छ । यो त्यति महत्त्वपूणर् छ । हामीसँग एक हीरा विशेषज्ञको इच्छा हुनुपर्छ – छलमा नपर्ने इच्छा । यदि बहुमूल्य पत्थरको गुणस्तर निर्धारण गर्न होसियारीपूर्वक जाँच, अध्ययन र होसियारी अपनाइन्छ भने, परमेश्वरको बहुमूल्य वचनका लागि झन कत्ति बढी परिश्रम गर्नुपर्छ ?यसकारण, सत्य धर्मशिक्षाको ठूलो महत्त्व छ ।

आत्मिक भोजनः २ तिमोथी १-४ लूका २२ :५४-६२ भजन १९ हितोपदेश २४ :१९-२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...