‘एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान ।’ —फिलिप्पी २:३
ध्यान दिनुहोस्ः (१) सही मनोवृत्तिले तपाईंको सम्बन्धमा फरक पार्छ । थियोडोर रुजवेल्टले भनेका छन्, ‘सफलताको सूत्रमा सबैभन्दा महत्त्वपूर्ण एउटै तत्व भनेको मानिसहरूसँग कसरी मिलेर काम गर्ने भन्ने कुरा जान्नु नै हो ।’ अनि पावलले यस्तो लेखेका छन्ः ‘स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान । तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर’ (पद ३–४) । यदि मानिसहरूसँग तपाईंको सम्बन्ध त्यति राम्रो रहिआएको इतिहास छैन भने, सायद तपाईंले आफ्नो मनोवृत्तिलाई ध्यान दिएर हेर्नु आवश्यक छ । साँचो हो कि कतिपय मानिसहरूसँग अरूको मन जितेर काम गर्ने स्वाभाविक क्षमता देखिन्छ, तथापि आफ्नो मनोवृत्ति र दृष्टिकोण परिवर्तन गर्ने निर्णय गर्छ भने त्यस्तो सीमित क्षमता भएको व्यक्तिले पनि अरू मानिसहरूसँग मिलेर काम गर्ने कौशल सिक्न सक्छ । (२) तपाईंको मनोवृत्तिले तपाईंले जीवनका चुनौतीहरूको सामना कसरी गर्नुहुन्छ भन्ने कुरामा भिन्नता ल्याउँछ । कोरियाली युद्धको समयमा जब अमेरिकी जल सेनाका चेस्टी पुलर नामक सैनिकले आफूलाई आठ वटा शत्रु डिभिजनहरूले घेरेको भेट्टाए, उनको प्रतिक्रिया थियो, ‘ठिक छ, तिनीहरू हाम्रो बाँयातर्फ छन् । तिनीहरू हाम्रो दायाँतर्फ छन् । तिनीहरू हाम्रो अगाडि छन् । तिनीहरू हाम्रो पछाडि छन्– यस पटक तिनीहरू हामीदेखि भाग्न सक्दैनन् ¤’ जीवनमा समस्या, चुनौती, बाधा र असफलता अवश्य आउनेछन् । त्यसकारण, तपाईंले तिनीहरूसँग कसरी व्यवहार गर्नुहुनेछ ? के तपाईं हार मान्नुहुनेछ ? के तपाईं परिस्थितिहरूको कारण दुःखी बन्नुहुनेछ ? वा तपाईं परिस्थितिबाट सक्दो लाभ लिन प्रयास गर्दै हुनुहुन्छ? तपाईंले कुन बाटो रोज्नुहुन्छ भन्ने कुरा तपाईंको मनोवृत्तिमा निर्भर गर्दछ । यो पुरानो भनाइ सत्य छः जुन कुराले तपाईंलाई नष्ट गर्दैन, त्यसले तपाईंलाई बलियो बनाउँछ । आफ्नो जीवनका ती समयहरू सम्झनुहोस् जब तपाईं सबैभन्दा बढि वृद्धि हुनुभयो । के ती तपाईंले अवरोधहरू र समस्याहरू पार गर्नुपर्ने समयहरू थिएनन् ?यसकारण, चुनौतीहरूलाई वृद्धि हुने अवसरका रूपमा लिनु महत्त्वपूर्ण छ ।
आत्मिक भोजनः व्यवस्था १४–१७ मर्कूस ७:१–१३ भजन ३७:२५–३१ हितोपदेश १२:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


