सही मनोवृत्ति (२)

May 9, 2024

‘विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ ।’ —मर्कूस ९:२३

प्राचीन ग्रीसका सबैभन्दा महान् वक्ता भनेर चिनिएका डेमोस्थेनिसलाई बोल्न निकै कठिनाइ हुन्थ्यो । उनले मुखमा ढुंगाका टुक्रा राखेर समुद्र किनारमा छालको गर्जनभन्दा ठूलो स्वरमा बोल्दै कविता वाचन गरेर त्यसमाथि विजय गरेको किंवदन्ती छ । वार्टबर्ग महलमा कैदीको रूपमा रहाँदा मार्टिन लुथरले नयाँ करारलाई जर्मनमा अनुवाद गरेर आफ्नो समयको सदुपयोग गरे । बिथोवेनले श्रवण क्षमता गुमाएपछि आफ्ना सबैभन्दा महाने सांगितिक कृतिहरू लेखे । जोन बन्यानले कैदमा रहँदा द पिलग्रिम्स प्रोग्रेस अर्थात् तीर्थयात्रीको प्रगति नामक रूपक कथा लेखे । डेनिएल डेफोले पनि कैदमा लेख्ने क्रममा रबिन्सन क्रुसो उपन्यास रचना गरे । अब्राहम लिंकनलाई धेरैले संयुक्त राज्य अमेरिकाका सबैभन्दा महान् राष्ट्रपतिहरूमध्ये एक मान्छन्, तर यदि उनले गृहयुद्धको समयमा देशको नेतृत्व नगरेको भए उनी सम्भवतः एक महान् अगुवको रूपमा चिनिने थिएनन् । अक्सर, महान् अगुवा र विचारकहरू उत्पादन गर्न कठिन परिस्थितिहरू संलग्न देखिन्छन् । तर त्यस्ता परिस्थितिमा तिनीहरूको मनोवृत्ति सही हुँदा मात्रै त्यसो हुन्छ । जब सही मनोवृत्ति भएको व्यक्तिसँग समस्या सम्पर्कमा आउँछ, परिणाम प्रायः अद्भूत हुन्छ । ठूलो उथलपुथलबाट महान् अगुवाहरू, व्यवसायीहरू, वैज्ञानिकहरू, शिक्षाविद्हरू, पास्टरहरू र यस्तै अरू महान् व्यक्तिहरू आउँछन् । हरेक चुनौती एउटा अवसर हो, र हरेक अवसरमा चुनौती हुन्छ । तर जस्तो मनोवृत्तिसाथ तपाईंले आफ्नो समस्याको सामना गर्नुहुन्छ, त्यसले ठूलो मात्रामा परिणाम निर्धारण गर्दछ । जब एउटा बाबुले आफ्नो सुन्न र बोल्न नसक्ने छोरालाई निको बनाइदिनहुन येशूलाई बिन्ती ग¥यो, येशूले जवाफ दिनुभयो, ‘विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ’ (पद २३) । त्यो मानिसले भन्यो, ‘प्रभु, म विश्वास गर्दछु । मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस् ¤’ (पद २४) । अनि येशूले त्यसो गर्नुभयो । साथै, उहाँले त्यो मानिसको छोरालाई निको पार्नुभयो । यसकारण, यदि तपाईंलाई आफ्नो मनोवृत्तिको सम्बन्धमा सहायता चाहिन्छ भने, आजै प्रभुसँग कुरा गर्नुहोस् ।

आत्मिक भोजनः लूका २४:५०–५३ प्रेरित १:१–११ एफिसी ४:७–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...