‘किनकि मानिसले आफ्नो ह्दयमा जे सोच्छ, ऊ त्यही हो ।’ —हितोपदेश २३:७
कुन कुराले उत्तम कुरालाई अरूभन्दा अलग गर्छ ? के तपाईंले यसको बारेमा कहिल्यै यो सोच्नुभएको छ ? ओलम्पिक खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता र रजत पदक विजेतालाई कुन कुराले अलग गर्छ ? सफल उद्यमीलाई असफल उद्यमीबाट कुन कुराले अलग गर्छ ? घातक दुर्घटनापछि एउटा व्यक्ति हार मान्छ र मर्छ भने अर्को व्यक्ति फलवन्त बन्न कुन कुराले सम्भव बनाउँछ ? त्यस्तो भिन्नता ल्याउने तŒव मनोवृत्ति नै हो ¤ बाइबलले भन्दछ, ‘किनकि मानिसले आफ्नो ह्दयमा जे सोच्छ, ऊ त्यही हो ।’ तपाईंको मनोवृत्ति तपाईंको सबैभन्दा ठूलो सम्पत्ति वा तपाईंको सबैभन्दा ठूलो ऋण हुन सक्छ । यसले तपाईंलाई या त निर्माण गर्छ या त तोड्छ । यसले तपाईंलाई माथि उठाउँछ वा तल तान्दछ । सही मनोवृत्तिले तपाईंलाई सबै थोक गर्न नदेला, तर गलत मनोवृत्तिले भन्दा सही मनोवृत्तिले तपाईंलाई कुनै पनि काम राम्ररी गर्न मदत गर्छ । जीवनमा सबैभन्दा खुशी व्यक्तिहरूसँग निश्चय नै सबै उत्तम थोक हुँदैन† तिनीहरूले सबै थोकलाई उत्तम बनाउन प्रयास मात्रै गर्छन् । तिनीहरू दुर्गम गाउँको त्यो मानिसजस्तै हुन्छन् जो दैनिक पानीको लागि इनारमा जान्छ र ‘मेरो बाल्टी भर्नको लागि हरेक दिन म यो इनारमा फर्केर आउनुपर्छ’ भन्नुको सट्टा यसो भन्छ, ‘जब म यो इनारमा आउँछु, म मेरो बाल्टिन भरेर फर्कन्छु ’ तपाईंको मनोवृत्तिले तपाईंको जीवनको दृष्टिकोणमा गहिरो प्रभाव पार्छ । उसले एक आपतकालीन कक्षमा कसैको जीवन बचाउन प्रयास गरिरहेको अवस्थामा त्यो बिरामीको मनोवृत्ति महŒवपूर्ण हुन्छ कि हुँदैन, एक शल्यचिकित्सकलाई सोध्नुहोस् । परीक्षा दिनुभन्दा अगि विद्यार्थीको मनोवृत्तिले प्रभाव पार्छ कि पार्दैन भनी कुनै शिक्षकलाई सोध्नुहोस् । येशूले भन्नुभयो, ‘तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्’ (मत्ती ९:२९) । परमेश्वरले दिनुहुने शक्तिबाट विश्वासले चुम्बकले जस्तै शक्ति प्राप्त गर्छ ।यसकारण, विश्वासलाई काम गर्न दिनको निम्ति सही र सकारात्मक सोच राख्नु निकै महŒवपूर्ण छ ।
आत्मिक भोजनः गन्ती ३२:२५–३३:५६ मत्ती १२:३८–५० भजन १३४ हितोपदेश ४:५–१३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



