सही सन्तुलन

May 28, 2024

‘अनुग्रह र सत्यताले पूर्ण ।’ —यूहन्ना १:१४

हामीमध्ये कतिपय अनुग्रहमा प्रशस्त छौं तर हामीले तिनीहरूलाई ठेस लगाउँला कि भनी सत्यताको साथ मानिसहरूको सामना गर्न बेवास्ता गर्छौं । हामी अरू सत्यतामा बढी जोड दिनछौं तर मानिसहरूलाई परमेश्वरको अनुग्रह देखाउन चुक्छौं । तर येशू ‘अनुग्रह र सत्यताले पूर्ण’ हुनुहुन्थ्यो, अनि यस्तो सन्तुलन प्राप्त गर्नको लागि तपाईंले प्रयास गर्नुपर्छ ¤ आत्मिक कुराहरूमा चासो नराख्ने एक जना मानिसले छिमेकको ख्रीष्टियनसँग हल्का रूपमा सम्बन्ध स्थापना ग¥यो । तिनीहरूले पर्खालको वारिपारिबाटै कुराकानी गरे, अनि एक–अर्काका सरसामानहरू पैंचो लिए । त्यसपछि दुःखको कुरा, त्यो अविश्वासी मानिसकी पत्नीलाई क्यान्सर लाग्यो र तिनको मृत्यु भयो । उसले पछिबाट लेखेको पत्रको अंश यहाँ छः ‘म पूर्ण रूपमा निराश थिएँ । म तन्द्रामा परेजस्तै भएर अन्तिम संस्कारको तयारी गरें । सेवा सकेर खोला किनारको बाटोमा रातभर हिँडें । तर म एक्लै हिँडिनँ । मलाई लाग्छ मेरा छिमेकी मेरो निम्ति डराएको कारण रातभर मसँग रहे । उनी बोलेनन्† उनी मसँगै हिँडेका पनि थिएनन् । उनले मलाई पछ्याए मात्र । जब बिहान खोलामाथि घाम उदायो, उनी छेउमा आयो र भने, “हामी केही खाजा खाऔं ।” म अहिले चर्च जान्छु । मेरो छिमेकीको चर्च । मेरो छिमेकीले मलाई देखाएको जस्तो वास्ता सृजना गर्न सक्ने धर्मबारे म थप जान्न चाहन्छु । म मेरो बाँकी जीवनभर यस्तै प्रेम गर्न र प्रेम गरिन चाहन्छु ।’ बिउ छर्नुअगि तपाईंले जमिन तयार गर्नुपर्छ भनी कुनै पनि किसानले तपाईंलाई बताउन् । ‘प्रेम निष्कपट होस्’ (रोमी १२:९) । जब तपाईंले मानिसहरूलाई कृपालु व्यवहार गर्नुहुन्छ, तपाईंले उनीहरूसँग बाँडचुँड गर्न चाहनुहुने सत्यताको लागि उनीहरूले आफ्नो ह्दय र मन खोल्नेछन् ।यसकारण आफ्नो विश्वास अरूसँग बाँडचुँड गर्ने अवसर सृजना गर्नको लागि सत्यता र अनुग्रहको सही सन्तुलन मिलाउनु आवश्यक छ ।

आत्मिक भोजनः न्यायकर्ता १९:१६–२१:२५ मर्कूस ११:२७–३३ भजन ४५ हितोपदेश १३:१३–१६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...