साँचो र भूmटो बिच भिन्नता थाहा पाउनु

Oct 18, 2024

‘किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। ।’ —२ कोरिन्थी ११:१४

२ कोरिन्थी ११ मा, पावलले शैतानले उत्कृष्ठ रूपमा नक्कली काम गर्ने चार तरिका प्रकट गरेका छन । पहिलो, उसले नक्कली उद्धारकर्ता उपलब्ध गराउँछ । ‘किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ ।’ त्यसकारण येशूलाई प्रचार गर्ने पन्थहरू भए तापनि तिनीहरूले इसाई मतका ख्रीष्टको प्रचार गर्दैनन् । दोस्रो, शैतानले नक्कली सेवकहरू प्रस्तुत गर्दछः ‘किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्…यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आप्mनो भेष बद्लन्छन् । तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ’ (पद १३, १५) । तेस्रो, शैतानले नक्कली सन्तहरू खडा गर्छः पावलले यी झूटा मानिसहरूलाई बाहिरबाट तपाईंको भाइ वा बहिनी जस्तो देखिने तर भित्रबाट गोप्य रूपमा तपाईंका शत्रुहरू भनेर चिनाउँछन् (गलाती २:४ हेर्नुहोस्) । यसबाहेक, शैतानले हामीलाई नक्कली मुक्ति प्रदान गर्दछः ‘हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्याभने पनि त्यो व्यक्ति श्रापित होस्’ (गलाती १:८) । ख्रीष्टियनहरूले शैतानको सन्तान भएको बहाना गर्दैनन्, तर यसको विपरीत अधर्मीहरू प्रायः धर्मी जस्ता देखिन्छन् । परमेश्वरले एक पापी र एक सन्तको बिचमा भिन्नता छुट्याउन सक्नुहुन्छ, अनि तपाईंले चर्चबाहिर जस्तै चर्चभित्र पनि दुवैलाई पाउनुहुनेछ । अनि यो असल कुरा हो किनभने बाइबल प्रचार निरन्तर सुन्नाले मानिसहरूलाई परिवर्तन गर्छ । चर्च सिद्ध छ भनी येशूले कहिल्यै दावी गर्नुभएन, र हामीले पनि गर्नु हुँदैन । यो सत्यताको ज्ञानको कारण हामी स्वधर्मी र न्याय गर्ने व्यक्ति बन्नु हुँदैन । बरु, यसले हामीलाई परमेश्वरको अनुग्रह र कृपाको माध्यम बनाउनुपर्छ र ख्रीष्टमा पूर्ण रूपमा प्रतिबद्ध हुन प्रेरित गर्नुपर्छ ।यस युगमा साँचा र भूmटा मानिसहरू सबै क्षेत्रमा रहनेछन् भन्ने जानेर चल्नु बुद्धिमानी हुन्छ ।

आत्मिक भोजनः प्रस्थान ३०–३२ यूहन्ना ४:१३–२६ भजन १०० हितोपदेश २६:२७–२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...