सात दिनको चुनौती

Mar 9, 2024

‘बिना गनगन सबै काम गर ।’ —फिलिप्पी २:१४

छालाको क्यान्सर जस्ता केही क्यान्सरहरू, बढी स्पष्ट देखिन्छन् र तपाईंले तिनीहरूलाई हटाउन सक्नुहुन्छ । त्यसैगरी त्यहाँ यस्तो प्रकारको क्यान्सर पनि हुन्छ जुन देखिँदैन र यसले तपाईंको शरीरलाई नष्ट गर्छ । गुनासो यस्तै हो† यसले तपाईंको स्वास्थ्यलाई असर गर्छ र तपाईंको सफलतालाई नष्ट पार्छ । पावल भन्छन्, ‘बिना गनगन सबै काम गर्दैजाओ ।’ परामर्शदाता डा. एन शोर्ब लेख्छिन्ः ‘यदि तपाईं आफैलाई नकारात्मक र निराश महसुस गर्नुहुन्छ भने…तपाईंको वरिपरि के भनिँदैछ, सुन्नुहोस् । के त्यहाँ धेरै गनगन र गुनासो छ ? तपाईंले जो मानिसहरूसँग समय बिताउनुहुन्छ, के तिनीहरूले निरन्तर निरुत्साहित तुल्याउने विचार र भावनाहरू व्यक्त गर्छन् ?…सायद तपाईं नै त्यस्तो गनगन गर्ने र गुनासो गर्ने व्यक्ति हुनुहुन्छ…कतिपट हामी क्रोधित वा तीतो मनोवृत्ति विकास गरेर आÇनै सबैभन्दा खराब शत्रु बन्नपुग्छौँ…तपाईंको विचार र मनोवृत्ति तपाईंको छनोट हो । तपाईंले आÇनो मन कहाँ राख्नुहुन्छ भन्ने कुरा तपाईंमै भर पर्छ ¤ नकारात्मकलाई हटाउने र सकारात्मकमा धारण गर्नेबारे प्रेरित पावलले लेखेका कुराहरू पालन गर्नुहोस् (कलस्सी ३:१–१५ र एफिसी ४:२०–३२ हेर्नुहोस्)…समस्याहरू छन् भन्ने कुरा स्वीकार गर्नुहोस्…तर तिनीहरूकै बारेमा सोचिनबस्नुहोस्…परिस्थितिलाई सुधार गर्न के गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस् । राख्नुहोस्…तपाईंले अर्को व्यक्तिलाई परिवर्तन गर्न सक्नुहुन्न, आफैलाई र आÇनो मनोवृत्तिलाई मात्रै परिवर्तन गर्न सक्नुहुन्छ…सकारात्मक पक्ष खोज्नुहोस्…यी कुराहरूमा केन्द्रित बन्नुहोस् अनि कठिन समयमा…परमेश्वरले तपाईंको साथमा रहने प्रतिज्ञा गर्नुभएको लागि कृतज्ञ बन्नुहोस्…जब तपाईंको सोचाइ नकारात्मक हुन थाल्छ, फेरि केन्द्रित हुनको लागि बाइबल पद र प्रेरणादायक भनाइहरू प्रयोग गर्नुहोस्…आÇनो सोच परिवर्तन गरेर तपाईंले आÇनो दृष्टिकोण परिवर्तन गर्नुहुन्छ अनि आÇनो दृष्टिकोण परिवर्तन गरेर तपाईंले आÇनो जीवन परिवर्तन गर्नुहुन्छ ।’ एक जनाको लागि संसार उजाड देखिन्छ† अर्कोलाई उही संसार अर्थपूर्ण र रोचक देखिन्छ । तपाईंले के देख्नुहुन्छ भन्ने कुरा मुख्य रूपमा तपाईंले के खोज्नु हुन्छ भन्ने कुरामा निर्भर गर्दछ । एक हप्ताभरिको लागि गुनासो नगर्ने निर्णन गर्नुहोस् । त्यसपछि एक हप्तासम्म गुनासो नगर्न आफैलाई चुनौती दिनुहोस् । अनि तपाईंले कति असल महसुस गर्नुहुन्छ भन्ने बारेमा छक्क पर्नुहुनेछ ।

आत्मिक भोजनः प्रकाश १९–२२ मत्ती २२:१–१४ भजन १०६:१–२३ हितोपदेश ७:१–२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...