‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा समझले प्रेम गर्नू ।’ —मर्कूस १२:३०
परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमतासाथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिनु हुँदैन । औसत मस्तिष्कको तौल करिब तिन पाउण्ड वा डेढ केजी जति हुन्छ, तापनि स्नायुविज्ञहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को तीस करोड वर्षसम्म प्रत्येक दिनको प्रत्येक घण्टाको प्रत्येक सेकेन्ड केही नयाँ कुरा सिक्ने क्षमता छ । यो कुरा अद्भूत छैन त ? तर यो त्योभन्दा बढी छ । यो एक अचम्मको जिम्मेवारी हो । सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो । येशूले भन्नुभयो, ‘तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा ह्दयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नू ।’ हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ । तपार्इंको कल्पनाचाहिँ तपाईंले सपना देख्न सक्ने कुराभन्दा धेरै सक्षम छ । तापनि जीवनको यात्रामा कतै हामीमध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौँ र स्मृतिको आधारमा जिउन सुरु गर्छौँ । हामी भविष्यको योजना गर्न छोड्छौँ र विगतको नक्कल गर्न थाल्छौँ । अनि त्यही दिन हामी बाँच्न छोड्छौँ र मर्न थाल्छौँ । किन ? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौँ । आफ्नो सम्पूर्ण समझले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरैभन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ । आत्मिक परिपक्वताको साँचो जाँच तपाईंले कति धेरै जान्नुहुन्छ भन्ने होइन । यो त तपाईंलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो । यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो । अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वर र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ ।यसकारण परमेश्वर र उहाँका अद्भूत कार्यहरूका बारेमा सिक्न नछोड्नुहोस् ।
आत्मिक भोजनः १ थेसलोनिकी ४–५ मत्ती २:१–१२ भजन ९०:१–६ हितोपदेश १:१–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


