‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा समझले प्रेम गर्नू ।’ —मर्कूस १२:३०
आफ्नो सम्पूर्ण समझले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम उपयोग गर्नु हो । यसको अर्थ तार्किक र सृजनात्मक रूपले, सहज र विचारपूर्वक परमेश्वरलाई प्रेम गर्नु हो । इतिहासका महानतम बौद्धिक व्यक्तित्वहरूमध्ये एक जना, अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्ः ‘महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन । जिज्ञासा कायम रहनुको आफ्नै कारण छ । जब कुनै व्यक्तिले अनन्तताको, र जीवनको रहस्य अनि वास्तविकताको अद्भूत संरचनाको बारेमा विचार गर्छ ऊ निश्चय नै चकित बन्छ । प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ । पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस् ।’ आफ्नो प्रतिभालाई त्यति महत्व नदिई आइन्स्टाइनले यसो भनेका छन्, ‘मसँग कुनै विशेष वरदान छैन, म त जोशिलो रूपमा जिज्ञासु मात्रै छु ।’ बाइबलले भन्दछ, ‘पृथ्वी र त्यसमा भएका जो–जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्’ (भजन २४:१) । त्यसकारण, तपाईंको जिज्ञासा विशाल र सीमाहीन हुनुपर्छ । ‘शिक्षा’ को ल्याटिन समकक्षी शब्दको अर्थ ‘सीमित गर्नु’ नभएर ‘तन्काउनु हो’ । अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनुको सट्टा बलजफ्ती ज्ञान थोपर्ने काममा केन्द्रित छन् । त्यसको नतिजा ? हामीले केही कुरा जान्दछौँ— तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौँः सिकाइप्रतिको प्रेम । एउटा उत्कृष्ठ विश्वविद्यालयको अध्ययनअनुसार, उच्चतम अंक प्राप्त गरेका स्नातकहरूलाई परीक्षाफल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लिइयो । यस पटक ती सबै असफल भए । जब तपाईं आाफ्नो दिमागमा बलजफ्ती सत्यता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृतिभन्दा पर विरलै जान्छ । अनि त्यो निश्चित रूपमा तपाईंको आत्मामा प्रवेश गर्दैन । दुःखको कुरा, कहिलेकहीँ चर्चमा हरेक सप्ताहन्तमा त्यस्तै हुन्छ । यसको समाधान के हो त ? तपाईंले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागु गर्नुहोस् ।यसकारण प्रभावकारी सिकाइका लागि, क्षणिक लाभका लागि वा करकापमा परेर होइन तर सााँचो आनन्दसाथ सिक्नु पर्छ ।
आत्मिक भोजनः २ थेसलोनिकी १–३ मत्ती २:१३–१८ भजन ९०:७–१७ हितोपदेश १:५–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



