‘बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन ।’ —उपदेशक ८:११
सिक्न र बढ्दै जानको लागि, तपाईंले यी कुरा बुभ्mनुपर्छः (१) सफल व्यक्तिहरूले असफल व्यक्तिहरूले भन्दा फरक तरिकाले सिक्ने दृष्टिकोण राख्छन् । यहोशूले मोशाबाट सिके । तिमोथीले पावलबाट सिके । तपाईंले कसबाट सिक्ने छनोट गर्नुभएको छ ? लेखक सिड्नी जे. हृयारिसले यस्तो लेखेः ‘अरूले उसलाई विशेषज्ञ ठाने तापनि, विजेतालाई थाहा हुन्छ उसले अझै कति सिक्न बाँकी छ । हारेको व्यक्तिले आफूलाई कति थोरै थाहा छ भन्ने थाहा पाउनुअगि अरूले आपूmलाई विशेषज्ञ ठानेको चाहन्छ ।’ यो सबै मनोवृत्तिको कुरा हो । यो साँच्चै उल्लेखनीय छ कि कुनै व्यक्तिले कति धेरै सिक्नुअगि उसलाई कति धेरै थाहा छ भन्ने ठानेको हुन्छ तर वास्तवमा उसलाई थाहा नै हुँदैन । (२) यदि तपाईंलाई चासो छैन भने कुनै पनि कुरा चाखलाग्दो छैन हुदैन । गुणस्तर सित्तैंमा पाइन्छ नामक पुस्तकमा, फिलिप बी. क्रस्बी लेख्छन्ः ‘मानव आचरणको एउटा सिद्धान्त छ जसले भन्छ कि मानिसहरू अचेत रूपमै आफ्नै बौद्धिक विकासलाई रोक्छन् । तिनीहरू थोत्रा कथन र बानीहरूमा भर पर्छन् । तिनीहरू… संसारसँग व्यक्तिगत आरामको उमेरमा पुगेपछि, तिनीहरूले सिक्न छोड्छन् र तिनीहरूको दिमाग बाँकी जीवनभरिको लागि निष्क्रिय रहन्छ । तिनीहरूले संगठनात्मक रूपमा प्रगति गर्न सक्छन्, तिनीहरू महत्त्वाकांक्षी र उत्सुक हुन सक्छन् अनि तिनीहरूले दिनरात काम पनि गर्न सक्छन् । तर तिनीहरूले थप सिक्दैनन् ।’ बाइबलले भन्दछ, ‘येशू बुद्धिमा र कदमा बढ्नुभयो’ (लूका २:५२) । उहाँ शारीरिक रूपमा मात्र बढ्नुभएन† उहाँ आत्मिक, मानसिक र भावनात्मक रूपमा पनि बढनुभयो । जब तपाईं आफलाई कुनै नियमित दैनिकीमा फस्नुहुन्छ र कहिल्यै त्यसबाट बाहिर निस्कनुहुन्न, त्यो दुःखद अवस्था हो । तपाईंले परमेश्वरले दिनुहुने उत्तम थोक गुमाउनुहुन्छ । यसको विपरीत, सिक्न तत्पर व्यक्तिहरू जीवनमा पूर्ण रूपमा संलग्न हुन्छन् । तिनीहरू काम कुराहरूबारे उत्साहित हुन्छन् । तिनीहरू पत्ता लगाउन, छलफल गर्न, लागु गर्न, र वृद्धि गर्न रुची राख्छन् । त्यसकारण जीवनभर सिक्न र वृद्धि हुन कहिल्यै नछोड्नुहोस् ¤
आत्मिक भोजनः प्रस्थान २०:१२, यर्मिया ३५:१–१९, हितोपदेश १:८, यूहन्ना १९:२५–२६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



