‘जसरी अँध्यारोभन्दा उज्यालो असल हुन्छ, त्यसरी नै मूर्खताभन्दा बुद्धि असल हुन्छ ।’ —उपदेशक २:१३
तपाईंले प्राप्त गर्न सक्ने सबैभन्दा महत्वपूर्ण सिप भनेको सिक्न सिक्नु हो । प्रतिभाशाली व्यक्तिहरूले कहिलेकहिँ उनीहरूलाई सबै कुरा थाहा छ भने जस्तो व्यवहार गर्न सक्छन्, जसले तिनीहरूलाई वृद्धि हुँदैजान कठिन बनाउँछ । सिक्ने क्षमता वास्तवमा योग्यता र मानसिक क्षमता भन्दा बढी मनोवृत्तिको कुरा हो† यो त वृद्धि हुनको लागि जन्मसिद्ध भोक हो । यो सिक्ने, नसिक्ने (सिकेको कुरा फेरि भुलिदिने) र फेरि सिक्ने तत्परता हो । प्रख्यात फुटबल प्रशिक्षक जोन वुडनले भनेका छन्, ‘तपाईंले सबै कुरा थाहा पाएपछि के सिक्नु हुन्छ त्यो महत्वपूर्ण हुन्छ ।’ सिक्न तत्पर भइरहँदा मात्रै तपाईं बढ्दै जानुहुनेछ र आफ्ने वरिपरिको संसारमा प्रभाव पार्न जारी राख्नुहुनेछ । आजीवन सिकाइ निरन्तर दैनिक खोज हो । रोमी विद्वान केइटो द एल्डरले ८० वर्षको उमेरमा ग्रीक भाषा पढ्न सुरु गरे । त्यो उमेरमा त्यति कठिन काम किन सुरु गरेको भनी सोध्दा उनले जवाफ दिए, ‘मसँग बाँकी रहेको सबैभन्दा कम उमेर यही हो ।’ केइटोको विपरीत, हामीमध्ये धेरैले सिक्ने कामलाई जीवनभरको प्रक्रियाको सट्टा एउटा घटनाको रूपमा लिन्छौँ । अनुमान गरिएको छ कि विद्यालयको अध्ययन पूरा गरेपछि एक तिहाइ वयस्कहरूले मात्रै एउटा पुस्तक पूरै पढ्छन् । किन ? किनभने तिनीहरूले शिक्षालाई जीवनको एक अवधिको रूपमा हेर्छन्, जीवनशैलीको रूपमा होइन । विज्ञानले पुष्टि गर्छ कि तपाईंको भौतिक शरीर ह्रास भए तापनि, तपाईंको मस्तिष्कले निरन्तर वृद्धि हुने आफ्नो क्षमता अधिकांश रूपमा कायम राख्छ । जीवनको प्रत्येक चरणले सिक्ने पाठहरू प्रस्तुत गर्दछ । तपाईं सिक्न तत्पर हुने छनोट गर्न सक्नुहुन्छ र सिक्न जारी राख्न सक्नुहुन्छ वा तपाईंले आफ्नो दिमाग बन्द गर्न सक्नुहुन्छ र वृद्धि हुन रोक्न सक्नुहुन्छ । एक हप्ताको लागि यो सरल अभ्यास गर्नुहोस्ः अरूसँग उनीहरूको सल्लाह माग्नुहोस्…तपाईंले सामान्यतया दिनुहुने सल्लाह नदिनुहोस्…अनि प्रत्येक दिनको अन्त्यमा तपाईंले ध्यान दिँदा सिक्नुभएका कुराहरू लेख्नुहोस् ।यसो गर्नुभयो भने कति धेरै सिक्न सकिँदोरहेछ भनी तपाईं छक्क पर्नुहुनेछ ¤
आत्मिक भोजनः गन्ती १६–१८, मत्ती ११:१–९, भजन १०७:३३–४३ , हितोपदेश ३:२७–२८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024