‘किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ ।’ —भजन ९१:११
धर्मशास्त्रमा स्वर्गदूतहरूका बारेमा तीन सयभन्दा बढी सन्दर्भहरू छन् र तिनीहरूलाई दुई शब्दमा वर्णन गरिएको छः धेरै र शक्तिशाली । तर दानिएलका लागि सिंहहरूको मुख बन्द गर्न र पत्रुसलाई मृत्युदण्ड दिइनु अघिल्लो रात भ्mयालखानाबाट बाहिर निकाल्न एक जना मात्रै स्वर्गदूत पर्याप्त भए । अनि के तपाईंलाई एलिशाको नोकरको सम्झना छ ? जब शत्रुको सेनाले दोतान सहरलाई घेरेको थियो, एलिशाले आफ्नो नोकरको आँखा खोलिदिनुहुन परमेश्वरलाई बिन्ती गरेः ‘तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँडाहरू अग्निमय घोडाहरू र रथहरूले भरिएका देख्यो’ (२ राजा ६:१७) । यदि आज परमेश्वरले तपाईंका आँखा खोलिदिनुभयो भने, तपाईंले के देख्नुहुनेछ ? तपाईंका छोराछोरी विद्यालय जाँदैगर्दा स्वर्गदूतहरू उनीहरूको साथ लागेका ? मादक पदार्थ सेवन गरेका चालकहरूबाट तपाईंलाई जोगाएका ? शल्यक्रिया गर्ने डाक्टरको हातलाई मार्गदर्शन गर्दै गरेका ? सुतेको बेला तपाईंलाई पहरा दिइरहेका ? एक जना बाइबल शिक्षकले यसो भनेका छन्, ‘यदि तपाईं विश्वासी हुनुहुन्छ भने, तपाईंको जीवनको अनुभवमा शक्तिशाली स्वर्गदूतहरूले तपाईंलाई साथ दिनेछन् भन्ने आशा गर्नुहोस् ।’ के सबै जनाले कुनै स्वर्गदूत उनीहरूको साथमा रहेको देख्नेछन् ? होइन, बाइबलले भन्दछ, ‘के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन् ?’ (हिब्रू १:१४) । जब तपाईंले येशूलाई इन्कार गर्नुहुन्छ, तपाईंले उच्चतम सुरक्षा गुमाउनुहुन्छ, तर जब तपाईंले उहाँलाई प्रभु र मुक्तिदाताका रूपमा स्वीकार गर्नुहुन्छ, तपाईंले चौबिसै घण्टा सुरक्षा पाउनुहुनेछ किनकि ‘परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्’ (भजन ३४:७) । ध्यान दिनुहोस्, तपाईंको स्वर्गदूत तपाईंकहाँ आएर यसो हात हल्लाएर मात्रै जाँदैनन् । तर तिनले आफ्नो पाल टाँग्छन्, त्यहीँ बस्छन् र जागा रहन्छन् । तपाईं तिनको पखेटाको छायामुनि सुरक्षित विश्राम गर्न सक्नुहुन्छ— यदि यसले तपाईंको चिन्ता कम गर्दैन भने, कुनै कुराले पनि तपाईंको चिन्ता कम गर्नेछैन ¤ तथ्य के हो भने, पृथ्वीमा सबैभन्दा धनी व्यक्तिहरूले समेत शान्ति पाउन सकेका छैनन् ¤ तर हामी कति धन्य छौँ ।
आत्मिक भोजनः लेवी ८–१० मत्ती ३:११–१७ भजन ४२:१–५ हितोपदेश १:२०–२३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


