‘त्यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ ।’ —प्रकाश २१:१
स्वर्गको बारेमा हामीलाई जे बताइएको छ, सायद त्यसको कारण हामीमध्ये धेरै जना स्वर्गको बारेमा जति उत्साहित हुनुपर्ने हो त्यति उत्साहित छैनौँ होलाः हामी वीणा बजाउँदैँ, गीत गाउँदै, र सदा–सर्वदा परमेश्वरको आराधना गर्दै रहनेछौँ । यसको बारेमा सोच्नुहोस् त । जब औसत आइतवार वा शनिवार बिहानको सेवामा गाइने भजन र गरिने प्रार्थना गर्ने पन्ध्र मिनेटभन्दा लामो हुन्छ, धेरै जनालाई दिक्क लाग्छ । त्यसकारण जब हामी स्वर्गमा चौबीसै घण्टा नरोकी सदासर्वदा यसरी नै आराधना गर्नेछौँ भन्ने हामी सुन्छौँ, हामीले यसलाई किन बुझ्न सक्दैनौँ वा यसमा आनन्द मनाउन सक्दैनौँ भन्ने कुरा तपाईंले बुझ्नुहुन्छ । तर परमेश्वरको आराधना गर्ने एकभन्दा बढी तरिकाहरू छन् । खगोलविद्हरूले अरबौँ आकाशगंगाहरूको अस्तित्व अनुमान गरेका छन्, आज जीवित प्रत्येक व्यक्तिको लागि दस भन्दा बढी आकाशगंगाहरू ¤ त्यसोभए, तपाईंले स्वर्गमा गर्नका लागि धेरै कुराहरू हुनेछन्, र यो निश्चिय नै दिक्कलाग्दो हुनेछैन । एउटै सानो ग्रहको अन्वेषण गर्न अरबौँ मानिसहरूलाई हजारौं वर्ष लाग्यो, अनि अझै पनि हामीले सतहमात्रै खोस्रेका छौँ । नयाँ स्वर्ग र नयाँ पृथ्वीका आश्चर्यहरूको अन्वेषणले हामीलाई सधैंभरि अचम्भित तुल्याउनेछ । परिणाम स्वरूप परमेश्वरप्रतिको हाम्रो प्रेम असीम रूपमा वृद्धि हुनेछ । त्यसकारण, हामी उहाँको आराधना गर्न कहिल्यै छोड्नेछैनौँ । येशूले इनारमा पानी भर्न आएकी स्त्रीलाई भन्नुभयो कि परमेश्वरले ‘आत्मा र सत्यतमा…आराधना गर्नेहरू आराधकहरू खोज्दै हुनुहुन्छ’ (यूहन्ना ४:२३) । अज्ञानतामा गरिएको आराधना रित्तो हुन्छ । परमेश्वर तपाईंले उहाँको आराधना गरेको मात्र चाहनुहुन्न, तपाईंले कसको आराधना गरिरहनुभएको छ र किन उहाँको आराधना गरिरहनुभएको छ भन्ने पनि जानेको उहाँ चाहनुहुन्छ । आराधनाका दुई वटा पक्ष छन्ः ‘आत्मामा र सत्यतामा ।’ त्यसकारण परमेश्वरको बारेमा सत्यता सिक्नुले तपाईंलाई अनन्तताको लागि व्यस्त, उत्साहित, सन्तुष्ट र पूर्ण बनाउनेछ ।
आत्मिक भोजनः प्रस्थान २०:१६ हितोपदेश २४:२८ मत्ती ५:३३–३७ प्रेरित ५:१–११
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



