स्वीकारको वरदान

Jan 9, 2024

‘तिमीहरू प्रेममा चल जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो ।’ —एफिसी ५:२

आत्मिक चंगाइ तब हुन्छ जब तपाईं आफ्नो समस्या त्यस्तो व्यक्तिसँग स्वीकार गर्नुहुन्छ जो त्यसलाई सम्हाल्न सक्ने गरी परिपक्व अनि तपाईंलाई नत्याग्न प्रतिबद्ध छ । ‘प्रेममा चल्नु’ भनेको के हो त ? यहीः क) तपाईंप्रति परमेश्वरको अचूक प्रेममा विश्वस्त हुनु । ख) अरूलाई उहाँको प्रेम देखाउनु । ग) त्यसपछि उनीहरूको प्रेम स्वीकार गर्न सक्षम हुनु । तब मात्रै तपाईं आत्मिक रूपमा स्वस्थ बन्न सक्नुहुन्छ । तपाईंलाई चिनेको हदसम्म मात्र प्रेम गर्न सकिन्छ । जब तपाईं आफ्नो जीवनको कुनै भाग गोप्य राख्नुहुन्छ, अरूले तपाईंलाई प्रेम गर्छु भन्न सक्लान्, तर तपाईंले भित्रभित्रै यस्तो सोच्नुहुन्छ, ‘यदि तपाईं मेरो बारेमा सम्पूर्ण सत्यता थाहा पाउनुभयो भने, तपाईं मलाई प्रेम गर्नुहुने छैन ।’ यसरी तपाईं तिनीहरूको प्रेमबाट शक्ति प्राप्त गर्न र बलियो हुन असमर्थ बन्नुहुन्छ । पापले हामीलाई अरूबाट अलग गर्छ, अनि पाप र एकलोपनले हामीलाई हाम्रो आत्मा र हाम्रो शरीरमा पनि बिरामी बनाउँछ । स्वीकार र त्यसपछि प्रार्थना, अनि एक अर्कासँग र परमेश्वरसँगको सम्बन्धले हामीमा पवित्र आत्माको उपस्थिति ल्याउँछ र चंङ्काइ दिन्छ । पूर्ण रूपमा चिनिनु र पूर्ण रूपमा प्रेम गरिनु नै हामीले एकअर्कालाई दिन सक्ने सबैभन्दा स्वस्थकर उपहार हो । बाइबलले भन्दछ, ‘तिमीहरू एकले–अर्कासँग आ–आफ्ना पाप स्वीकार गर । तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर’ (याकूब ५:१६) । हामी सबै क्षमा गरिएका र पापबाट छुटकारा पाउँदैगरेका मानिसहरू हौँ । यदि कोही बुद्धिमान् बलियो, सुन्दर वा सफल भएकाले मात्र प्रेम गरिन्छ भने कसैले पनि सम्बन्धमा सुरक्षित महसुस गर्न सक्दैन । एक जना बाइबल शिक्षक यसो भन्छन्ः ‘हाम्रो जीवनमा कुन व्यक्ति हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ भनी जब हामी इमानदार भई आफैलाई सोध्छाँं, हामी अक्सर पाउँछौँ कि ती तिनै व्यक्तिहरू हुन् जसले सल्लाह, समाधान वा उपचार दिनुको सट्टा हाम्रो पीडा बाँडचुँड गर्ने अनि न्यानो र कोमल हातले हाम्रा घाउहरू छुने छनोट गरे ।’यसकारण आत्मिक स्वास्थ्यको लागि आफ्नो पाप स्वीकार गर्नु र एकअर्काको लागि प्रार्थना गर्नु महत्वपूर्ण छ ।

आत्मिक भोजनः लेवी ११:१–१३:३७ मत्ती ४:१–११ भजन ४२:६–११ हितोपदेश १:२४–२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...