‘जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ ।’ —रोमी १२:१७
अमेरिकी कवि रबर्ट फ्रस्टले आफ्नो कविता ‘द रोड नट टेकन्’ अर्थात ्“नहिँडिएको बाटो” मा लेखेका छन्, ‘जंगलमा दुई वटा बाटा छुट्टिए, मैले कम हिँडिएको बाटो लिएँ, र यसले फरक पारेको छ ।’ दुःखको कुरा आज, त्यो कम यात्रा गरिने बाटो भनेको साना कुरामा इमानदारी र सबै कुरामा इमानदारी हो । साइकोलजी टुडे नामक पत्रिकाअनुसार आज, ७० प्रतिशत उच्च विद्यालयका विद्यार्थीहरू र कलेजका लगभग आधा जति विद्यार्थीहरूले चोरी गरेको स्वीकार गर्छन् । यु.एस.ए टुडेले बताएअनुसार ९१ प्रतिशत अमेरिकीहरूले नियमित रूपमा झूट बोल्ने गरेको स्वीकार गरेका छन् । हाम्रो संस्कृतिले भन्दछ, ‘यदि तपाईं अगाडि बढ्न चाहनुहुन्छ भने, तपाईंले केही नियमहरू तोड्नुपर्छ ।’ तर बाइबलले चेताउनी दिन्छ कि ‘ससाना Çयाउराहरूले दाखबारी बिगार्छन्’ (श्रेष्ठगीत २:१५) । सोलोमनले यहाँँ साना पापहरूलाई संकेत गरिरहेका छन् जसले हाम्रो भोक, हाम्रा मूल्यमान्यतालाई विकृत पार्छन् र ठूला पापहरूतर्फ लैजान्छन् । बाइबल टिप्पणीकार म्याथ्यु हेनरी लेख्छन्, ‘आदमले निषेधित फल खानु सानो पाप जस्तो मात्रै देखिन्थ्यो, तर यसले सबैभन्दा ठूलो पापको निम्ति ढोका खोलिदियो ।’ के तपाईंलाई आफ्नो चरित्रमा सम्झौता गर्न परीक्षा भइरहेको छ ? कक्षाका साथीहरूलाई धोका दिन परीक्षा भइरहेको छ ? काममा भूmटो बन्न दबाब छ ? एक ‘निर्दोष सानो सम्बन्ध’ मा फस्न दबाव परिरहेको छ ? प्रचारक चाल्र्स फिन्नीले भनेका छन्, ‘सानो कुरामा बेइमान हुने व्यक्ति कुनै पनि कुरामा इमानदार हुँदैन ।’ जबसम्म तपाईंको जीवनका साना, गोप्य क्षेत्रहरू तपाईंको दृढविश्वासद्वारा शासित हुँदैनन्, तपाईंले तिनीहरूलाई आफ्नो सम्झौताबाट भ्रष्टाचारको जोखिममा पार्नुहुनेछ । धर्मशास्त्रमा गरिएको सबैभन्दा ठूलो प्रतिज्ञा भनेको साना कुराहरूमा विश्वासयोग्य हुनेहरूलाई हो । ‘स्याबास…तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु’ (मत्ती २५:२१) । के सोच्नुहुन्छ, होसियार रहनुहोस्, किनकि तपाईंका सोच नै तपाईंका व्यवहार बन्छन् । आफ्नो व्यवहारबारे होसियार रहनुहोस्, तिनीहरूले तपाईंको चरित्र निर्माण गर्छन् । आफ्नो चरित्रबारे होसियार रहनुहोस्, यसले तपाईंको भविष्य र नियति निर्धारण गर्दछ ।यसकारण, हामी सबै कुरामा इमानदार हुनु जरुरी छ, कारण यसले हाम्रो नियति निर्धारण गर्दछ ।
आत्मिक भोजनः लेवी १६ लेवी २३:२६–३२ हिब्रू ९:१–१४ हिब्रू १३:११–१६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


