हराएको भेडाको मूल्य

Sep 26, 2024

म असल गोठालो हुँ । असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ ।’ -यूहन्ना १० :११

येशूले सय वटा भेडाको धनी एउटा गोठालाको बारेमा बताउनुभयो । जब तिनीहरूमध्ये एउटा भेडा हरायो, उसले अरू उनान्सयलाई गोठमा छोडेर हराएको भेडा नभेटिएसम्म खोज्यो । त्यसपछि उसले त्यसलाई आफ्नो काँधमा राख्यो र घर ल्याएर आनन्द मनायो । असल गोठालाहरूले बगालका केही वा बगालका धेरै भेडाहरूको मात्रै वास्ता गर्दैनन्, तर सम्पूणर् बगालको वास्ता गर्छन् । एउटा भेडा हराएपछि त्यो कुरा सबैभन्दा स्पष्ट हुन्छ । जंगलमा हराउनपुगेकी एउटी सानी बालिकाको बारेमा यस्तो कथा छ । अँध्यारो हुँदेजाँदा तिनको मनमा डर छायो । तिनी चिच्याइन् र रोइन्, अनि अन्त्यमा थकित भइन्, पल्टिन् र निदाइन् । घण्टौंदेखि तिनलाई खोज्दै तिनको नाम बोलाउँदा तिनका बाबुको स्वर कर्कश भइसकेको थियो जब उनले तिनलाई घाँसे क्षेत्रमा सुतिरहेको भेट्टाए । तिनलाई बोलाउँदै उनी तिनको छेउमा पुगे । ती सानी केटी ब्युझिन्, उफ्रेर उनको काखमा बसिन्, र उनलाई अँगालो हालेर भनिन्, बाबा, मैले तपाईंलाई भेट्टाएकोमा म धेरै खुशी छु त्त्’ त्यो हाम्रै कथा हो । तर हामी येशूलाई भेट्टाउन सक्दैनौं; उहाँले हामीलाई भेट्टाउनुहुन्छ । अनि उहाँले हामीलाई भेट्टाउनुहुन्छ किनकि उहाँले हामीलाई निरन्तर खोजिरहनुभएको छ । येशूले आफ्नो दृष्टान्तलाई यी शब्दहरूसाथ अन्त्य गर्नुभयोः तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ’ (लूका १५ :७) । प्रत्येक पटक हराएको एउटा मान्छे फेला पर्दा, स्वर्गले उत्सव मनाउँछ । तपाईंको मतलब म प्रभुको लागि त्यति धेरै महत्त्वपूणर् छु ?’ हो । जसरी त्यो गोठालाले हराएको एउटा भेडालाई खोज्नको लागि उनान्सय भेडालाई छोड्यो, येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंलाई बचाउन उहाँ मर्नुभयो ।तपाईं प्रभुको लागि त्यति अनमोल हुनुहुन्छ, त्यसकारण आज उहाँकहाँ आउनुहोस् ।

आत्मिक भोजनः १ कोरिन्थी १-३ लूका २३ :३५-४३ भजन ५४ हितोपदेश २५ :१-३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...