‘प्रभुमा र उहाँका शक्तिको सामथ्र्यमा बलवान् होओ ।’ —एफिसी ६:१०
पावलले हामीलाई आफ्नो काँढाको बारेमा दुई वटा कुरा बताउँछन्ः पहिलो, त्यो शैतानको दूत थियो जुन उनलाई प्रहार गर्न पठाइएको थियो । यहाँ प्रहारलाई जनाउने शब्दको शाब्दिक अर्थ ‘एकपछि अर्को प्रहार गर्नु’ भने हुन्छ । यो एउटा लडाइँ होइन, तर एकपछि अर्को आक्रमणको एउटा श्रृंखला थियो जो रोकिएन । शैतानलाई तपाईंका कमजोर क्षेत्रहरू थाहा छ, र उसले ती क्षेत्रहरूमा बारम्बार आक्रमण गर्नेछ । तपाईंले उसलाई कसरी हराउन सक्नुहुन्छ ? बाइबलले यसो भन्दछः ‘प्रभुमा र उहाँका शक्तिको सामथ्र्यमा बलवान् होओ । दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर । किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो’ (पद १०–१२) । दोस्रो, त्यो काँढो उनको ‘शरीरमा’ थियो । तपाईं नयाँगरी जन्मिएको आत्मा हुनुहुन्छ जो त्यसरी नयाँ गरी नजन्मिएको शरीरमा बसोबास गर्नुहुन्छ । त्यसैकारण त बाइबलले हामीलाई शरीरका अभिलाषालाई क्रुसमा टाँग्न, पापमय स्वभावलाई मार्न, अनि शरीरका इच्छा पूरा नगर्न आदेश दिन्छ । र परमेश्वरको शक्तिमा तपाईंले यसो गर्न सक्नुहुन्छः ‘आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ । यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ’ (२ पत्रुस १:३–४) ।हाम्रो जीवनमा जस्तोसुकै काँढो वा कष्ट भए तापनि, त्यसद्वारा हामीलाई वृद्धि हुने प्रबन्ध परमेश्वरले गरिदिनुभएको छ ।
आत्मिक भोजनः अ्ययूब ८–१० लूका १:१९–२५ भजन ५७ उपदेशक ७:१३–१५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


