‘विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे र जाऊ भनेको ठाउँतिर गए…यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन ।’ —हिब्रू ११:८
हामी कसलाई अब्राहामको जस्तो सफलताको कथा हाम्रो पनि भएहुन्थ्यो भन्ने चाहना हुँदैन र ? उनीसँग प्रसिद्धि थियो, धेरै धन थियो र ‘परमेश्वरका मित्र पनि कहलिए’ (याकूब २:२३) । यो भन्दा उत्तम हुने ठाउँ छैन तर अब्राहामको कथा यी शब्दहरूसाथ सुरु हुन्छः ‘विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे र जाऊ भनेको ठाउँतिर गए जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन ।’ उनले त्यो कसरी गरे ? विश्वासद्वारा ¤ हामी किन परिवर्तनको विरोध गर्छौँ ? शंका र डरको कारण ¤ हामीलाई व्यक्तिगत हानिको डर छ । कुनै पनि समय परिवर्तन आउनलाग्दा, हाम्रो मनमा उत्पन्न हुने पहिलो प्रश्न हो, ‘यसले मलाई कसरी असर गर्छ ?’ उदाहरणका लागि, मानौं एक सहकर्मीले तपाईंलाई भेट्छ र भन्छ, ‘मैले भर्खर सुनेको छु कि हाकिमले आज केही मानिसहरूलाई हटाउने बारे सोचिरहेका छन् ।’ के तपाईंको पहिलो विचार, ‘कुन बजार अवस्थाले त्यो निर्णयलाई प्रेरित ग¥यो होला?’ वा ‘म उनले त्यसो गर्दा नराम्रो महसुस गर्छन् ¤’ हुनेछ ? होइन, सायद तपाईंको पहिलो विचार हुनेछ, ‘के म जोखिममा छु ?’ त्यो मानव स्वभाव नै हो । हामीले परिवर्तनको सामना गरेको क्षण हामी चाँडै एक्लो र असहाय महसुस गर्न सक्छौँ । यस्तो क्षणमा तपाईंले कहाँबाट बल पाउनुहुन्छ ? परमेश्वरबाट ¤ उहाँको प्रतिज्ञा यस्तो छः ‘“म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ ।” यसकारण निर्धक्क भएर हामी भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ ?”’ (हिब्रू १३:५–६) । शान्त बन्नुहोस् ¤ जुन कुरा तपाईंलाई थाहा छैन, त्यो कुरा परमेश्वरलाई पूर्ण रूपमा थाहा छ । अनि जसले सधैँ तपाईंको वास्ता गर्नुभएको छ, बाटो तयार गर्न उहाँ तपाईंको अगिअगि गइसक्नुभएको छ (व्यवस्था ३१:८ हेर्नुहोस्) ।यसकारण आज तपाईंले अब्राहामको विश्वासको नमूनाअनुसार, शंका र डर त्यागेर परमेश्वरमाथि भरोसामा कदम चाल्न सक्नुहुन्छ ।
आत्मिक भोजनः श्रेष्ठगीत १–४ लूका २:३४–४० भजन १७ हितोपदेश १६:१२–१५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



