हामी किन परिवर्तनको प्रतिरोध गर्छौं ? (३)

Jun 28, 2024

‘सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ ।’ —उपदेशक ३:१

तपाईंले गलत समयमा परिवर्तन गर्ने प्रयास गर्दा के हुन्छ ? त्यसो हो भने, यसो गर्ने सही समय कहिले हो त ? नेतृत्वको दृष्टिकोणबाट, परिवर्तनहरू गर्नका लागि वास्तवमा कतिपय समयहरू अरूभन्दा उत्तम हुन्छन् । अगुवापनका २१ वटा निर्विवाद नियमहरू नामक प्रसिद्ध पुस्तकका लेखक डा. जोन म्याक्सवेल भन्छन्ः ‘मैले परिवर्तनको प्रक्रियामा मलाई मदत गर्नको लागि निम्न सूची विकास गरेको छुः के यसले (परिवर्तनले) अनुयायीहरूलाई फाइदा पु¥याउँछ ? के यो संगठनको उद्देश्यअनुरूप छ ? के यो परिवर्तन विशिष्ट र स्पष्ट छ ? के शीर्ष २० प्रतिशत (प्रभावकारी व्यक्तिहरू) यसको पक्षमा छन् ? के यो पूर्ण प्रतिबद्धता गर्नुअगि यो परिवर्तन परीक्षण गर्न सम्भव छ ? के यो परिवर्तन गर्नको लागि भौतिक, आर्थिक र मानव संसाधन उपलब्ध छ ? के यसलाई उल्टाउन मिल्छ ? के यो परिवर्तन तत्काल अर्को स्पष्ट कदम हो ? के यसका अल्पकालीन र दीर्घकालीन दुवै लाभहरू छन् ? के नेतृत्वले यो परिवर्तन ल्याउन सक्छ ? के अरू सबै थोकले यो समय सही छ भन्ने संकेत गर्छ ? ठूलो परिवर्तन लागु गर्नुअगि, म यो सूची हेर्छु अनि प्रत्येक प्रश्नको जवाफ हो वा होइनमा दिन्छु । यदि धेरै प्रश्नहरूको पछाडि होइन भन्ने उत्तर आउँछ भने म यो निष्कर्षमा पुग्छु कि अहिले समय सही नहुन सक्छ । समय धेरै महत्वपूर्ण छ ।’ बाइबलले भन्दछः ‘सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ…उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ’ (पद १, ११) । यदि तपाईं परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने, ‘समयका परिपालक’ परमेश्वरसँग कुरा गर्नुहोस् र उहाँलाई सोध्नुहोस् (१) मैले के गर्नुपर्छ ? र (२) मैले यो कहिले गर्नुपर्छ ? यी दुई वटा काम गरेपछि विश्वासमा कदम चाल्नुहोस् र परमेश्वरले तपाईंलाई मार्गनिर्देशन गर्नुहुनेछ भनी भरोसा राख्नुहोस् ¤

आत्मिक भोजनः श्रेष्ठगीत ५–८ लूका २:४१–५२ भजन २१ हितोपदेश १६:१६–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...