हामी किन परिवर्तनको प्रतिरोध गर्छौं ? (४)

Jun 29, 2024

‘उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन ।’ —उपदेशक ७:१०

हामीले परिवर्तनको प्रतिरोध गर्ने थप दुई वटा कारण यी हुन्ः (१) किनभने यो अप्ठ्यारो र असहज लाग्छ । अन्तिम पटक कहिले तपाईंले कुनै कुरा पहिलो पटक प्रयास गर्नुभयो ? के तपाईं यसलाई स्पष्ट नाम दिन सक्नुहुन्छ ? यदि तपाईंले यो सम्झन सक्नुहुन्न भने, तपाईंको आरामको क्षेत्र नियमित तालिकामा परिणत भएको हुन सक्छ । भित्तामा एउटा चिन्हमा दुई वटा कथनहरू थिए । पहिलोमा यसको बिचबाट एक्स अक्षर वा कट्टी थियो । त्यसमा लेखिएको थियो, ‘यदि यो टुटेको छैन भने– यसलाई मर्मत नगर्नुहोस् ।’ दोस्रोमा लेखिएको थियो, ‘यदि यो टुटेको छैन– यसलाई तोड्नुहोस् ¤’ कहिलेकहीँ ‘बाकसबाट बाहिर निस्कने’ अर्थात् सीमित तुल्याउने आदतबाट बाहिर आउने एक मात्र तरिका त्यसलाई तोडेर निस्कनु हो । (२) किनभने हामी परम्परा पक्रन्छौँ । फरिसीहरूले येशूले बताउनुभएको सत्यता स्वीकार गर्न सकेनन् किनभने तिनीहरू आफ्ना परम्पराद्वारा बाँधिएका थिए अनि हामीमध्ये धेरै जना अझै पनि परम्परामा अल्झिएका छौँ । हामी ठान्छौँ कि यदि कुनै कुरा परम्परा (व्यवहारको लामो समयदेखि स्थापित ढाँचा) हो भने, यो पक्कै पनि उत्तम तरिका हुनुपर्दछ । तर टमस एडिसन र हेनरी फोर्ड जस्ता परिवर्तनका संबाहकहरूले देखाएझैँ, सधैं त्यसो हुँदैन । यसकारण प्रश्न यहाँ छः लाइट बल्ब परिवर्तन गर्न कति जना परम्परावादीहरू चाहिन्छन् ? चार जनाः एक जना यसलाई परिवर्तन गर्न, अनि तीन जना चाहिँ पुरानो लाइट बल्ब कति राम्रो थियो भन्ने चर्चा गर्न ¤ निष्कर्ष यही होः जब कुनै परम्पराले तपाईंलाई अन्य मानिसहरू वा तपाईंको व्यक्तिगत इतिहाससँग जोड्छ यो असल हुन सक्छ । यदि यसले त्यसो गर्दैन भने, हुनसक्छ यो केही नयाँ प्रयास गर्ने समय हो । बाइबलले भन्दछ, ‘धर्मीको…मध्यदिन नहोउञ्जेल झन्–झन् चहकिलो हुँदैजान्छ । तर दुष्टको चालचाहिँ घोर अन्धकारजस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्’ (हितोपदेश ४:१८–१९) । त्यसकारण अहिले यस्तो प्रश्न गर्ने समय होः तपाईंले आफ्नो जीवनमा के कस्ता परिवर्तनहरू गर्नु आवश्यक छ ?

आत्मिक भोजनः १ शमूएल १–३ लूका ३:१–१० भजन ५९:१–८ हितोपदेश १६:२०–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Testimony: Ps Suman Raut

Testimony: Ps Suman Raut

We received the following testimony from the Message of Hope team in Nepal... This is a great testimony from Pastor Suman in Jumla. You can read...

New Station Lospalos

New Station Lospalos

  We are very excited about the amazing work that the team in UCB Timor-Leste is doing in terms of installing and making available new stations...

The Word for Today Impact

The Word for Today Impact

We received the following testimony from Tomu who leads UCB Fiji... An Indo Fijian lady approached me some two weeks ago. I did not recognize her,...

Connected through the Challenges

Connected through the Challenges

We received the following testimony from the team in Nepal... My name is Shova Pariyar, and I am from Lamjung. I am a person with a disability, and...