हामी किन परिवर्तनको प्रतिरोध गर्छौं ? (१)

Jun 26, 2024

‘हे परमेश्वर, हामीलाई पुनस्र्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्न सकौं ।’ —भजन ८०:३

जब क्रिस्टोफर कोलम्बस स्पेन फर्के, उनलाई राष्ट्रिय नायक मानियो र नयाँ भूमिहरू पत्ता लगाउने श्रेय दिइयो तर के तपाईंलाई लाग्छ कि पृथ्वी समतल वा चेप्टो छ भन्नेबारे मानिसहरूले आफ्नो धारणा परिवर्तन गरे ? कत्ति पनि गरेनन्—तिनीहरूले पृथ्वी समतल छ भन्ने विश्वास गरिरहे । त्यो पुस्ता बितेर अर्को पुस्ताले तिनीहरूको ठाउँ नलिएसम्म कोलम्बसले दाबी गरेझैँ मानिसहरूले पृथ्वी गोलो भएको कुरा बुझेनन् । मानिसहरूले आफ्नो विचार परिवर्तन गर्न त्यति लामो समय लगाए—पूरै पुस्ता ¤ हामी सबैले परिवर्तनको प्रतिरोध गछौँ । डा. जोन म्याक्सवेल लेख्छन्ः ‘धेरै वर्षसम्म, मैले सोच्थेँ कि अगुवाहरूले परिवर्तन मन पराउँछन् तर अरू सबै मानिसहरूले परिवर्तन मन पराउँदैनन् । एक दर्शनधारी अगुवाको रूपमा, मैले सधैँ महसुस गथेँं कि मैले अनिच्छुक अनुयायीहरूलाई भविष्यमा तानिरहेको छु तर अन्ततः मैले बुझें कि अगुवाहरूले अनुयायीहरूले भन्दा बढी परिवर्तन मन पराउँदैनन्– त्यस्तो परिवर्तन उनीहरूको विचार होइन भने ¤’ इमानदार बनेर विचार गरौँ त, परिवर्तन सबैको लागि कठिन छ । उपन्यासकार मार्क ट्वेनले भनेका छन्, ‘परिवर्तन मन पराउने एक मात्र व्यक्ति भिजेको बच्चा हो ।’ साँच्चै, परिवर्तन तपाईंले सामना गर्नुहुने सबैभन्दा ठूला बाधाहरूमध्ये एक हो । किन त्यसो हुन्छ ? आखिर, प्रगतिले परिवर्तनको माग गर्दैन र ? अनि वृद्धिले पनि ? हामी अगाडि बढ्न र एकै ठाउँमा बस्न सक्दैनौ। त्यसकारण अब केही दिनसम्म, हामी किन हामीले परिवर्तनको यति धेरै प्रतिरोध गर्छौं भन्ने बारेमा चर्चा गर्नेछौँ । आफ्नो जिद्दी स्वभाव र परिवर्तनको डरलाई स्वीकार गर्दै, दाऊदले चार भिन्न अवसरहरूमा यस्तो प्रार्थना गरे, ‘हे परमेश्वर, हामीलाई फेरि फर्काउनुहोस् ।’ त्योचाहिँ यस्तो प्रार्थना जस्तै हो, ‘प्रभु, म परिवर्तन हुनु आवश्यक छ, तर म परिवर्तन हुन डराउँछु, त्यसैले मलाई परिवर्तन हुन इच्छुक बनाउनुहोस् ।’यो त्यस्तो प्रार्थना हो जसको जवाफ परमेश्वरले तपाईंलाई दिनुहुनेछ त्यसकारण आजै यो प्रार्थना गर्न सुरु गर्नुहोस् ।

आत्मिक भोजनः २ कोरिन्थी ११:१६–१३:१४ लूका २:२१–३३ भजन ८ हितोपदेश १६:८–

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...