हामी सबैलाई उही अनुग्रह चाहिन्छ

Nov 17, 2024

‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस् ’ —लूका १८:१३

हामी सबैलाई उही अनुग्रह चाहिन्छयेशूले भन्नुभयोः ‘दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने । फरिसीले उभिएर मनमनै यसरी प्रार्थना ग¥यो, “हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ । म हप्तामा दुई पल्ट उपवास बस्तछु । मैले पाएका सबै थोकको दशांश म दिन्छु ।” तर कर उठाउनेचाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस् ” म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो । किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ’ (पद १०–१४) । यी दुई व्यक्ति बिचको भिन्नता के हो भने त्यो फरिसी आत्माको पापको दोषी थियो, अनि कर उठाउनेचाहिँ शरीरको पापको लागि दोषी थियो । घमण्डले फरिसीको लागि स्वर्गको ढोका बन्द गरिदियो, अनि नम्रताले कर उठाउनेको लागि स्वर्गको ढोका खोलिदियो । फरिसीले आफू निर्दोष भएको बतायो तर दोषी भएर घर फक्र्यो । कर उठाउनेले आफू दोषी भएको कुरा स्वीकार ग¥यो अनि निर्दोष भएर घर गयो । ध्यान दिनुहोस्, यहाँ उसले दयाको लागि सामान्य शब्द प्रयोग गर्दैन । यहाँ प्रयोग गरिएको शब्द हिब्रू शब्द किप्पुर बाट आएको हो जसको अर्थ ‘प्रायश्चित’ हो । जस्तै, योम किप्पुर भन्ने चाडमा यो प्रयोग गरिन्छ जसको अर्थ ‘प्रायश्चितको दिन’ भन्ने हुन्छ । प्रायश्चित जनाउने शब्दको अर्थ ‘छोप्नु’ भन्ने हुन्छ । यहाँ कर उठाउनेले यसो भनिरहेको थियो, ‘हे परमेश्वर, तपाईंले मेरो बारेमा पहिले नै थाहा पाएको कुरा सत्य हो भनेर म स्वीकार गर्दैछु । म पापी ह्दय भएको पापी मानिस हुँ । हे परमेश्वर, कृपया मेरो पाप ढाकिदिनुहोस् ?’ उसलाई बचाउनको लागि परमेश्वरले उसबाट त्यति मात्रै सुन्नु आवश्यक छ । अनि तपाईंलाई बचाउनको लागि पनि परमेश्वरले तपाईंबाट त्यही स्वीकारोक्ति सुन्नु आवश्यक छ ।किनकि हामी सबैलाई उही अनुग्रहको आवश्यकता पर्ने भएकाले पाप स्वीकार गर्नुको अकोै विकल्प छैन ।

आत्मिक भोजनः दानिएल १:३–२१ दानिएल ५:११–१२ दानिएल ६:१०–२८ दानिएल ९:१–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...