‘तिम्रा प्रार्थना…सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन् ।’ —प्रेरित १०:४
के तपाईंले कहिल्यै सोच्नुभएको छ तपाईंका प्रार्थनाहरू कहाँ जान्छन् ? यसको जवाफ हो ‘सम्झनाको रूपमा परमेश्वरको सामने पुग्छन् ।’ ध्यान दिनुहोस् कि तिनीहरू उहाँको सामने छन् । तिनीहरू उहाँको हातमा र उहाँको मनमा छन् । यहाँ जब कर्नेलियसले प्रार्थना गरे, परमेश्वरले तिनको परिस्थिति मात्र परिवर्तन गर्नुभएन, उहाँले इतिहास नै परिवर्तन गर्नुभयो; पहिलो पटक, गैरयहूदीहरूले सुसमाचार सुने र परमेश्वरको राज्यको हिस्सा बने । कर्नेलियसले प्रार्थना गरेको कति समय भएको थियो ? हामीलाई थाहा छैन; बाइबलले तिनी ‘ईश्वरभक्त थिए र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे । तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्वरलाई सधैं प्रार्थना गर्थे’ (पद २) भन्दछ । प्रार्थना चाहिँ कुनै समस्यामा पर्दा वा उनले समाधान गर्न नसक्ने समस्या आइलाग्दा कर्नेलियसले प्रयोग गर्ने हटलाइन वा प्रत्यक्ष टेलिफोन सम्पर्क जस्तो कुरा थिएन । तिनले परमेश्वरलाई सधैं प्रार्थना गर्थे । तिनको जीवनशैली नै प्रार्थनामय थियो । यहाँ ‘सम्झना’ भन्ने शब्दको अर्थ तपाईंले प्रार्थना गर्नुभएको कुरालाई परमेश्वरले सम्झनुहुन्छ भन्ने हुन्छ । प्रार्थना भनेको आफ्नो बैंक खातामा पैसा राख्नु जस्तै हो । तपाईंले आज वा भोलि नै यसबाट झिक्न सक्नुहुन्न, तर तपाईंलाई आवश्यक पर्दा त्यो रकम त्यहाँ हुनेछ । धार्मिक अनुष्ठानमा नफस्नुहोस् । तपाईंले कहीँ पनि, कुनै पनि समय, कुनै पनि कुराको बारेमा प्रार्थना गर्न सक्नुहुन्छ, र परमेश्वरले तपाईंलाई जवाफ दिनुहुनेछ । ‘बिहान, बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्नुहुन्छ’ (भजन ५५:१७) । जब सडकमा सवारी साधन चलाउँदैगर्दा इन्धन सिद्धिन्छ, तपाईंले कारलाई दोष दिन सक्नुहुन्न । तपाईं अन्य काममा व्यस्त हुनुभयो र महत्त्वपूर्ण कुरालाई बेवास्ता गर्नुभयो । प्रार्थनाले तपाईंलाई परमेश्वरको बारेमा सचेत बनाउँछ, तपाईंलाई परमेश्वरसँग जोडेर राख्छ, अनि तपाईंले परमेश्वरबाट चाहिने कुराहरू प्राप्त गर्ने स्थान तपाईंलाई राख्छ । त्यसकारण, प्रार्थना गरिरहनुहोस् किनभने तपाईंका प्रार्थनाहरू ‘सम्झनाको रूपमा परमेश्वरको सामने पुग्छन् ।’
आत्मिक भोजनः १ इतिहास १६–१८ लूका १२:४९–५९ भजन ११९:४१–४८ हितोपदेश २१:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




