हार नमान्नुहोस् ¤

Mar 15, 2024

‘भलाइ गर्ने काममा हामी नथाकौं ।’ —गलाती ६:९

पावलले लेखे, ‘भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ’ (पद ९) । कुलपिता अय्यूबलाई हेर्नुहोस्ः आÇना दश जना छोराछोरीको अन्त्येष्टिमा भाग लिनु, एकै दिनमा आÇनो स्वास्थ्य र सम्पत्ति गुमाउनु, अनि फलाम छेड्ने मुखाले पत्नीको कुरा सुन्नुपर्दाको कष्ट उनले भोगे । तापनि उनले हार मानेनन् । उनीबाट सिक्नुहोस् ¤ ‘तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ’ (याकूब ५:११) । अय्यूब अन्तिम लक्ष्यमा केन्द्रित रहे र तत्कालका परिस्थितिहरू सहे । हो, त्यसमा समयहरू पनि हुन्छन् जब हार मानेर छोड्नु उचित लाग्छ, हार अपरिहार्य देखिन्छ, अनि पछि हट्नु तपाईंको एक मात्र विकल्प जस्तो देखिन्छ । प्रश्न यो छ, तपाईंले ती समयहरू कसरी सम्हाल्नुहुन्छ ? प्रतिज्ञा गरिएको भूमिको संघारमा, परमेश्वरले यहोशूलाई भन्नुभयो, ‘बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ ।’ (यहोशू १:९) । इजराएलका राजनेता तथा प्रथम प्रधानमन्त्री डेभिड बेन–गुरियनले यस्तो टिप्पणी गरेः ‘साहस एक विशेष प्रकारको ज्ञान हो, डराउनुपर्ने कुराबाट कसरी डराउनुपर्ने हो अनि नडराउनुपर्ने कुराबाट कसरी नडराउनु पर्ने भन्ने कुराको ज्ञान । यस ज्ञानबाट भित्री शक्ति आउँछ जसले हामीलाई ठूलो कठिनाइको सामना गर्दा समेत अगि बढिरहन प्रेरित गर्दछ । असम्भव जस्तो लाग्न सक्ने कुरा अक्सर साहसबाट सम्भव हुन्छ ।’ अनि यो साहस कहाँबाट आउँछ ? ‘तपाईं जहाँ जानुहुन्छ, परमेश्वर तपाईंसँगै हुनुहुन्छ’ भन्ने कुरा जानेर । बाइबलले किन पत्रुस र दाउद जस्ता मानिसहरूको असफलतालाई अभिलेख गर्छ ? तपाईंलाई यो कुरा थाहा दिनको लागि कि असफल हुनुभएपछि पनि तपाईंले फेरि सुरु गर्न सक्नुहुन्छ ¤यसकारण हामीले क्षणिक असफलता वा कष्टको कारण हार मान्नु हुँदैन्, फेरि उठ्नुपर्छ र प्रयास गरिरहनु पर्दछ ।

आत्मिक भोजनः २ राजा ११–१२ मत्ती २३:२९–२४:२ भजन १३५ हितोपदेश ७:२१–२३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...