जो कमजोरीबाट बलिया भए ।’ -हिब्रू ११ :३४
दृढता र आफ्नो दर्शनलाई त्याग्न इन्कार गर्नाले तपाईंलाई अन्ततः सफल नभएसम्म फेरि प्रयत्न गर्न लगाइरहृयो । विजुलीबत्तीको बल्ब बिना वा पोलियो खोपबिना जीवन कस्तो हुनेथियो होला, कल्पना गर्ने प्रयास गर्नुहोस् त । तथापि थोमस एडिसन र जोनास साल्कले सफल बन्नुअगि परीक्षण र असफलताको लामो श्रृंखला पार गर्नुपर्यो । सफल व्यक्तिहरूले आफ्ना असफलताहरुमा ध्यान दिन्छन् र तिनीहरूबाट सिक्छन् । तिनीहरूले तिनलाई सावधानीपूर्वक जाँच गर्छन्, के गल्ती भयो पत्ता लगाउँछन्, अनि भविष्यमा तिनीहरूका गल्तीहरू सच्याउन तिनलाई प्रयोग गर्छन् । प्राय, हामी उत्साह र जोशका साथ नयाँ परियोजनाहरू सुरु गर्छौं । हामीले जे गरिरहेका छौं त्यसको नयाँपनले हामीलाई अगाडि बढ्न बाध्य बनाउँछ । त्यसपछि केही गलत हुन्छ, र हामी रोकिन्छौं । परियोजना सजिलो जस्तो देखिन्थ्यो तर त्यति सजिलो रहेनरहेछ , अब हामी यसमा काम गर्न र यसमा लागिरहन तयार छैनौं, त्यसैले हामीले छोड्यौं । तर छोड्नेहरूले जित्दैनन्, र जित्नेहरूले छोड्दैनन् । र परमेश्वरको उद्धार गरिएको सन्तानको रूपमा, तपाईंसँग ठूलो सहायता छः मेरो सहायता परमप्रभुबाट आउँछ’ (भजन १२१ :२) । यसको बारेमा सोच्नुहोस् त्त् हरेक परिस्थिति र अवस्थाका प्रभुले तपाईंलाई सहायता गर्नुभएपछि तपाईं अन्ततः विजयी बन्नुहुनेछ । बल प्राप्त गर्नको लागि तपाईंसँग अचूक शक्ति र मार्गदर्शनको स्रोत छ । मोशाले आलोचना, विश्वासघात र निरन्तर गुनासो सहनुपर्यो, तापनि उनले मानवजातिको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो बसाइँ -सराईको नेतृत्व गरे । उनले यो काम कसरी गरे ? बाइबलले हामीलाई दुई वाक्यांशहरूमा जवाफ दिन्छ : तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए… अदृश्य हुनुहुनेलाई देखेझैं गरी तिनी स्थिर रहे’ (हिब्रू ११ :२६-२७) ।यसकारण प्रभुमा आफ्नो नजर लगाउनुहोस्, प्रतिज्ञा गरिएको इनामको प्रतीक्षा गर्नुहोस्, अनि तपाईंले जित्नुहुनेछ ।
आत्मिक भोजनः हिब्रू ११ :२३-२८ प्रस्थान ३ :१-२२ प्रस्थान ३३ :७-२३ प्रस्थान ३४ :२९-३५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024