‘सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ ।’ —उपदेशक ३:१
हार मानेर नछोड्नुहोस् सोलोमन भन्छन् ‘सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छः जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय । मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय । रुने एउटा समय छ, र हाँस्ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय । ढुंगा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय । अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय । खोज्ने एउटा समय छ, र छोडिदिने एउटा समय । राख्ने एउटा समय छ, र फाल्ने एउटा समय । च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय । चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय । प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय’ (पद २–८) । यी पदमा जम्मा अठ्ठाईस वटा फरक फरक ‘समय’ को चर्चा गरिएको छ । तर ध्यान दिनुहोस् कि यहाँ सोलोमनले हामीलाई छोड्ने वा हार मान्ने समय दिएका छैनन् जबसम्म तपाईं युद्धको मैदानमा रहनुहुन्छ, परमेश्वरले तपाईंको परिस्थितिलाई फनक्कै घुमाउन सक्नुहुन्छ र तपाईंलाई विजय दिन सक्नुहुन्छ । यदि तपाईं आज आफ्नो विवाह, आफ्ना छोराछोरी, आफ्नो स्वास्थ्य, आफ्नो आर्थिक अवस्था, आफ्नो जागिर र आफ्नो भविष्यको बारेमा चिन्तित हुनुहुन्छ भने, यहाँ एउटा प्रतिज्ञा छ जसमा तपाईं उभिन सक्नुहुन्छः ‘“तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस् । योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्पत्तिको हक हो, र मबाट तिनीहरूको धार्मिकतो प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्छ’ (यशैया ५४:१७) । परमेश्वरले भन्नुभएन कि तपाईंको विरुद्धमा हतियार बनाइनेछैन, तर उहाँले भन्नुभयो कि त्यो सफल हुनेछैन । त्यसकारण, आज परमेश्वरको यो प्रतिज्ञा याद राख्नुहोस् र जस्तै प्रतिकूल परिस्थितिमिा पनि हार मानेर नछोड्नुहोस्
आत्मिक भोजनः लूका १:२६–५६ लूका २:१–४० लूका २:४१–५२ लूका ८:१९–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



